Matra Education आइतबार, साउन १० २०८३

फेकनमा राजु निरौलाको प्यानलै निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

फेकनमा राजु निरौलाको प्यानलै निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

  • मात्र एजुकेशन
  • शनिबार, असार २३ २०८०


काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महासचिव राजु निरौलाको प्यानलै विजयी भएको छ। शनिवार बालुवाटार स्थित एलिस रिसेप्सनमा आयोजित १२ औँ वार्षिक साधारणसभा पश्चात् भएको निर्वाचनले निरौलाको पुरै प्यानललाई निर्वाचित गरेको हो।

निर्वाचनमा निरौला प्यानल बाहेक ३ स्वतन्त्र उम्मेदवार र वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत नेतृत्वको प्यानल सहभागी थिए। बस्नेत प्यानलका दुई उम्मेदवार बाहेक अरू उम्मेदवारले निर्वाचन सुरु हुनै लाग्दा प्रक्रियामा असन्तुष्टि जनाउँदै निर्वाचन बहिस्कार गर्ने घोषणा गरेर निस्किए पनि सबै प्रक्रिया पुरा भएको भन्दै स्वतन्त्र निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया अगाडी बढाएको थियो। स्वतन्त्र र बस्नेत प्यानल दुवैलाई पराजित गर्दै निरौला प्यानलले बाजी मारेको हो।

घोषित निर्वाचन परिणाम अनुसार अब फेकनको कार्यसमिति निम्नानुसार बनेको छ।
अध्यक्ष: राजु निरौला
उपाध्यक्ष: उमेश कुश्वार
उपाध्यक्ष: अमित बाबु ढुङ्गाना
उपाध्यक्ष: दिपक सिलवाल
महासचिव: छविन्द्र ओझा
सचिव: इन्द्रजित गौतम
सचिव: पृथ्वी ब चन्द
कोशाध्यक्ष: दिपेन्द्र पोखरेल
सह-कोशाध्यक्ष: गौतम पुडासैनी
सदस्य: राजकुमार ढकाल
सदस्य: मञ्जु लामिछाने
सदस्य: रोशन खरेल
सदस्य: एलिजा उप्रेती
सदस्य: सञ्जय बस्नेत
सदस्य: खगेन्द्र श्रेष्ठ
सदस्य: महेश हमाल

यस्तो छ अन्तिम मत परिणाम:

निर्वाचन पश्चात् केही उम्मेदवारहरूले उच्च राजनीतिक संस्कार देखाएका छन्। उपाध्यक्ष पराजित रेश्मा राजथलाले विजयी सबै उम्मेदवारहरूलाई बधाई दिइन्। फेकनको उचाइ बढाउने गरी काम गर्न शुभकामना दिएकी उनले त्यसको गरे आफू सधैँ फेकन कार्यसमितिको साथमा रहने र निर्वाचित नभए पनि फेकनको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाइन्। आफूलाई दुवै प्यानल बाट उम्मेदवारी दिनका लागि अनुरोध आएको र आज उम्मेदवारी फिर्ता लिन चर्को दबाब आएको भए पनि आफूले स्वतन्त्र फेकन निर्माणका लागि चट्टा नि अडान लिएर उम्मेदवारी कायम गरेको उनको भनाई छ। उपाध्यक्षमा ३५ मत प्राप्त गरेकी उनले त्यो मत आफ्ना लागि ठुलो सम्मान भएको भन्दै त्यसको सधैँ आदर गर्ने बताएकी छिन्। बस्नेत प्यानल बाट उम्मेदवारी दिएका गगन विष्ट र निराजन सिवाकोटीले पनि निर्वाचनमा होमिसकेको हुँदा कुनै हालतमा ब्याक नहुने भन्दै चुनाव लडेका थिए। जित हार दुवै स्वीकार गरेर संस्थाको हितको लागि काम गर्न तयार रहेको बताएका उनीहरू दुवैले पराजित भए पनि सम्मानित मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड