Matra Education आइतबार, साउन १० २०८३

को हुन् फेकन उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका गगन विष्ट ?

को हुन् फेकन उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका गगन विष्ट ?

  • मात्र एजुकेशन
  • बुधबार, असार २० २०८०


काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि गगन विष्टले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विष्टले संस्थालाई नयाँ उचाइमा पुर्‍याउन आफू सक्षम रहेको भन्दै उम्मेदवारी घोषणा गरेका हुन्। उनी प्रज्वल बस्नेत प्यानल बाट सो पदको उम्मेदवार बनेका हुन्। आगामी असार २३ गते सम्पन्न हुने १२ औँ वार्षिक साधारण सभा मार्फत आगामी २ वर्षे कार्यकालका लागि फेकनले नयाँ कार्यसमिति चयन गर्नेछ।

को हुन् गगन विष्ट ?
बागबजार स्थित सेन्ट जेभियर एजुकेसन कन्सल्टेन्सीका सञ्चालक विष्ट सन् २००८ देखि निरन्तर यो व्यवसायमा क्रियाशील छन्। त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर सम्मको अध्ययन गरेका उनले विभिन्न देशको भ्रमण गरी त्यहाँको शैक्षिक अवस्थाको अध्ययन गरेका छन्। फेकनको अघिल्लो कार्यसमितिको सदस्य रहेका उनी सँग अस्ट्रेलिया, क्यानडा, अमेरिका, डेनमार्क, हंगेरी, न्युजिल्याण्ड, जापान र थुप्रै अरू युरोपियन देशहरूमा विद्यार्थी पठाएको अनुभव छ।

विष्ट परामर्श व्यवसाय क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि आफूले पटक पटक महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन्। प्रस्ट वक्ताका रूपमा आफूलाई चिनाउने उनी स्पष्ट उद्देश्य बोकेको मिलनसार व्यक्तित्व आफ्नो विशेषता भएको दाबी गर्छन्। फेकनलाई एकताबद्ध बनाउनुपर्छ भन्नेमा आफ्नो सधैँ जोड रहेको उनको भनाई छ।

परामर्श क्षेत्रमा एफडिआईको खुलेर विरोध गर्ने विष्ट परामर्श व्यवसायी महासंघ बनाउने निर्णयमा हतारो गर्न नहुने टिप्पणी गर्छन्। खुला बहस र छलफल मार्फत यसका विभिन्न पक्षहरूको विश्लेषण गरेर मात्रै महासंघमा जाने निर्णय गर्नुपर्ने उनको अडान छ। विष्टले सबै प्रदेशहरूमा सदस्यता विस्तार र बलियो फेकनको निर्माण अबको आवश्यकता भएको बताउने गरेका छन्।

यस बाहेक साझा हितका लागि सबै फेकन सदस्य परामर्श व्यवसायीलाई कुनै समूह उपसमूह भन्दा माथि उठेर एकै ठाउँ ल्याउने, सबै सदस्यहरूको व्यावसायिक हित प्रवर्द्धनका लागि नियमित रूपमा तालिम, गोष्ठी र सेमिनार गर्ने र व्यवसायलाई नियमन गर्न विभिन्न किसिमका नियमहरूको निर्माण र कार्यान्वयनमा जोड दिने आदि उनका चुनावी एजेन्डाहरू रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड