काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ। सोमबार बेलुकी बस्नेतले आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका थिए। मंगलबार महासचिव राजु निरौलाले पनि आफ्नो प्यानल घोषणा गरेपछि फेकनको नयाँ नेतृत्वका लागि दुई प्यानल बिच कडा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। यो पटक सर्वसम्मतिले नेतृत्व चयन गर्ने भनिए पनि अन्तिम समयमा त्यो हुन नसक्दा चुनावी भिडन्त निश्चित भएको हो। केही पदहरूमा यी दुई प्यानल बाहेक स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्।
यस्तो छ प्रज्वल बस्नेत नेतृत्वको प्यानल:
अध्यक्ष: प्रज्वल बस्नेत
उपाध्यक्ष: हेमन्त राज दुलाल
उपाध्यक्ष: अर्जुन कुमार बस्नेत
उपाध्यक्ष: गगन विष्ट
महासचिव: अनिल शर्मा पौडेल
सचिव: अमित खड्का
सचिव: आरसी केसी
कोशाध्यक्ष: दिपा लामिछाने
सह-कोशाध्यक्ष: राजेश केसी
सदस्य: कृष्ण भट्टराई
सदस्य: मदन उप्रेती
सदस्य: रेशम भट्टराई
सदस्य: निराजन सिवाकोटी
सदस्य: प्रज्वल खत्री
सदस्य: नरेस सेढाई
सदस्य: सन्तोष बस्नेत