काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १२ औँ वार्षिक साधारण सभा असार २३ गते सम्पन्न हुँदै छ। आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने भएको हुँदा यो साधारण सभालाई अत्यन्तै महत्वका साथ हेरिएको छ। खास गरी संस्थाको नेतृत्व अब कसको हातमा जान्छ भन्ने विषयले फेकनमा प्राथमिकता पाएको छ।
उम्मेदवारी मनोनयन गर्न एक दिन मात्रै बाँकी रहँदा फेकनको नयाँ नेतृत्वका लागि दुई प्यानल बिच कडा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। यो पटक सर्वसम्मतिले नेतृत्व चयन गर्ने भनिए पनि अन्तिम समयमा त्यो हुन् नसक्दा चुनावी भिडन्त निश्चित भएको हो। संस्थाका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेतले हिजो बेलुकी आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका थिए भने महासचिव राजु निरौलाले आज दिउँसो आफू नेतृत्वको प्यानल घोषणा गरेका हुन्। केही पदहरूमा यी दुई प्यानल बाहेक स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्।
यस्तो छ स्वतन्त्र उम्मेदवार र दुई प्यानलको विवरण:
