काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी नेतृत्वका लागि महासचिव राजु निरौलाले पनि आफ्नो प्यानल घोषणा गरेका छन्। संस्थाका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेतले हिजो बेलुकी आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका थिए भने महासचिव निरौलाले आज दिउँसो आफू नेतृत्वको प्यानल घोषणा गरेका हुन्। उम्मेदवारी मनोनयन गर्न एक दिन मात्रै बाँकी रहँदा फेकनको नयाँ नेतृत्वका लागि दुई प्यानल बिच कडा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। यो पटक सर्वसम्मतिले नेतृत्व चयन गर्ने भनिए पनि अन्तिम समयमा त्यो हुन नसक्दा चुनावी भिडन्त निश्चित भएको हो। केही पदहरूमा यी दुई प्यानल बाहेक स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्।
यस्तो छ निरौलाको आज घोषणा भएको प्यानल:
अध्यक्ष: राजु निरौला
उपाध्यक्ष: दिपक सिलवाल
उपाध्यक्ष: अमित बाबु ढुङ्गाना
उपाध्यक्ष: उमेश कुश्वार
महासचिव: छविन्द्र ओझा
सचिव: पृथ्वी ब चन्द
सचिव: इन्द्रजित गौतम
कोशाध्यक्ष: दिपेन्द्र पोखरेल
सह-कोशाध्यक्ष: गौतम पुडासैनी
सदस्य: सञ्जय बस्नेत
सदस्य: रोशन खरेल
सदस्य: खगेन्द्र श्रेष्ठ
सदस्य: मञ्जु लामिछाने
सदस्य: एलिजा उप्रेती
सदस्य: महेश हमाल
सदस्य: राजकुमार ढकाल