Matra Education आइतबार, साउन १० २०८३

को हुन् फेकन उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी रेश्मा राजथला ?

को हुन् फेकन उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी रेश्मा राजथला ?

  • मात्र एजुकेशन
  • मंगलबार, असार १९ २०८०


काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिकी सदस्य रेश्मा राजथलाले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राजथलाले संस्थालाई राजनीतिक प्रभाव बाट मुक्त गर्न, संगठित बनाउन र महिला नेतृत्व स्थापित गर्नका लागि आफू उपयुक्त पात्र भएको भन्दै उम्मेदवारी घोषणा गरेकी हुन्। आगामी असार २३ गते सम्पन्न हुने १२ औँ वार्षिक साधारण सभा मार्फत आगामी २ वर्षे कार्यकालका लागि फेकनले नयाँ कार्यसमिति चयन गर्नेछ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी राजथलाले लेखेकी छिन्, “यही २०८० असार २३ गते १२ औँ वार्षिक साधारण सभाको दिन सम्पन्न हुने निर्वाचनमा मैले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छु । हाल फेकन संस्थामा भएको विकृति र विसङ्गतिलाई हटाई सबल नेतृत्व प्रदान गर्न मेरो उम्मेदवारी रहेको यहाँहरू समक्ष अपिल गर्दछु।” उनले आफ्नो जितले सम्पूर्ण शैक्षिक परामर्शदाता, कन्सल्टेन्सी तथा पेसाकर्मीको जित हुने र आफूहरूको यो पेसालाई मर्यादित पेसाको रूपमा अगाडी लैजानको लागि मद्दत पुग्ने उल्लेख गरेकी छिन्।

राजथलाका चुनावी एजेन्डा:

को हुन् रेश्मा राजथला ?
बागबजार स्थित ओएसिस अब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सीकी सञ्चालक राजथला विगत ८ वर्ष देखि परामर्श व्यवसायमा क्रियाशील छिन्। शिक्षाशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेकी उनी टिआई टिआई, क्युइएसी, आइसीइएफ, युएसएटिसी र न्यु जियल्याण्ड सर्टिफाईड काउन्सिलर हुन्। आइएल्टिएस र पिटिई शिक्षणको लामो अनुभव हासिल गरेकी उनले आफ्नो कम्पनीलाई सफलतापूर्वक नेतृत्व प्रदान गरिरहेकी छिन्।अस्ट्रेलिया, युके र युरोपका केही देशहरूको भ्रमण गरिसकेकी उनी सही र उचित परामर्श दिए मात्र एउटा व्यवसायी सफल हुने धारणा राख्छिन्। फेकनमा महिला नेतृत्व स्थापना गर्ने, राजनीतिक प्रभाव र गुटबन्दी बाट टाढा राख्ने, नवीन कामहरूको सुरुवात गर्ने, प्रत्येक सदस्यको समस्या समाधान गर्न सक्ने संस्था बनाउने र फेकनलाई सबैले अपनत्व लिन सक्ने साझा संस्था बनाउने आफ्नो सपना रहेको राजथला बताउँछिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड