Matra Education आइतबार, साउन १० २०८३

फेकनको १२ औँ वार्षिक साधारणसभा असार २३ गते एलिस रिसेप्सनमा हुने

फेकनको १२ औँ वार्षिक साधारणसभा असार २३ गते एलिस रिसेप्सनमा हुने

  • मात्र एजुकेशन
  • बिहिबार, असार ७ २०८०


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ( फेकन) ले आगामी असार २३ गते १२ औँ वार्षिक साधारणसभा गर्ने भएको छ।

संस्थाले दिएको जानकारी अनुसार मिति २०८० असार २३ गते शनिवार बिहान ९:०० बजे बालुवाटार स्थित एलिस रिसेप्सनमा १२ औँ वार्षिक साधारणसभा सम्पन्न गर्ने तयारी गरिएको हो। फेकनको यही मिति २०८०/०३/०१ गते बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको थियो। १२ औँ वार्षिक साधारणसभा मार्फत फेकनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने छ।

यस सम्बन्धी थप जानकारीको लागि स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) केन्द्रीय कार्यालय डिल्लीबजारमा सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड