Matra Education आइतबार, साउन १० २०८३

प्यासन फाउन्डेसनका १२८ विद्यार्थीले एकै दिन प्राप्त गरे जापानको सिओइ

प्यासन फाउन्डेसनका १२८ विद्यार्थीले एकै दिन प्राप्त गरे जापानको सिओइ

  • मात्र एजुकेशन
  • मंगलबार, असार ५ २०८०


काठमाडौँ- अध्ययनका लागि जापान जाने नेपाली विद्यार्थीहरूका लागि भाषा शिक्षण तथा परामर्श सेवा प्रदान गर्दै आएको प्यासन फाउन्डेसनले हिजो एकै दिन १२८ जना विद्यार्थीको सिओइ प्राप्त गरेको छ। जापानको ओसाका स्थित एक विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका ती विद्यार्थीहरूले एकै पटक सिओइ प्राप्त गरेका हुन् । सिओइ प्राप्त हुनुलाई जापानको भिसा पक्का भए बराबर मानिन्छ।

सिओइ प्राप्त गरेपछि मात्र एजुकेसन सँग खुसी साट्दै प्यासन फाउन्डेसनका प्रबन्ध निर्देशक पुष्पराज पहराई विद्यार्थी तथा अभिभावकहरूको विश्वास र आफ्ना दक्ष तथा मेहनती कर्मचारीको अथक प्रयासले यो सफलता प्राप्त भएको बताउँछन् । यही सफलताको अवसरमा नयाँ भाषा कक्षामा भर्ना हुने विद्यार्थीलाई प्यासन फाउन्डेसनमा भारी छुट दिने घोषणा उनले गरेका छन् ।

प्यासन फाउन्डेसन विगत लामो समय देखि जापान जाने नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट परामर्शदाता संस्थाका रूपमा परिचित छ। गोङ्गबु काठमाडौँमा प्रधान कार्यालय रहेको यो संस्थाले देशका विभिन्न ठाउँमा रहेका आफ्ना शाखाहरू मार्फत सेवा दिँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड