Matra Education आइतबार, साउन १० २०८३

देश बाहिर डिजाइनिङ पढ्ने मन छ ? त्यसो भए ब्याङ्लोर स्कुल अफ डिजाइन रोज्नुहोस्

देश बाहिर डिजाइनिङ पढ्ने मन छ ? त्यसो भए ब्याङ्लोर स्कुल अफ डिजाइन रोज्नुहोस्

  • मात्र एजुकेशन
  • बुधबार, जेष्ठ १७ २०८०


काठमाडौँ- के तपाईँ देश बाहिर डिजाइनिङ पढ्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने हामीले तपाईँका लागि एउटा राम्रो विकल्प लिएर आएका छौँ। भारतको ब्याङ्लोरमा रहेको ब्याङ्लोर स्कुल अफ डिजाइन एन्ड टेक्नोलोजी डिजाइनिङ पढ्न चाहनेका लागि एउटा उपयुक्त शैक्षिक संस्था हुन सक्छ।

सिर्जनात्मकताले प्रविधि भेट्ने संसारको सिर्जना गर्ने नारा लिएर स्थापित यो संस्थाले शैक्षिक सत्र २०२३ का लागि नयाँ भर्ना खुला गरेको छ। गत साता काठमाडौँमा आयोजित एक कार्यक्रम मार्फत सो जानकारी दिइएको थियो। इन्टेरियर डिजाइन, ग्राफिक डिजाइन, ल्याण्डस्केप डिजाइन, फर्निचर डिजाइन आदिमा डिप्लोमा पढाउने यो संस्थाले अण्डर्ग्राजुएट लेभलमा बीएस्सी इन इन्टेरियर डिजाइन, बिभीए इन्टेरियर एन्ड स्पाटिएल डिजाइन, बिभीए ग्राफिक डिजाइन, बीएस्सी कम्प्युटर साइन्स आदि विषय पढाउने गरेको छ।

सीपमा आधारित शिक्षा, नवीन शिक्षण शैली र मूल्याङ्कन, जीवन्त शैक्षिक वातावरण, प्रयोगात्मक शिक्षा, प्रत्यक्ष औद्योगिक परियोजनाहरू, व्यावसायिक मार्गदर्शन, उच्च निपुण संकाय सदस्यहरू, विविधता पूर्ण विद्यार्थी समुदाय, पाठ्यक्रमभन्दा बाहिरका विषयहरूमा समेत जोड, व्यावसायिक नियुक्ति सहायता आदि गुणहरूका कारण संस्था उत्कृष्ट भएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड