Matra Education आइतबार, साउन १० २०८३

राइटपाथको क्यानडा विशेष जानकारी सत्र सम्पन्न

राइटपाथको क्यानडा विशेष जानकारी सत्र सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र २३ २०७९


काठमाडौँ- पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले क्यानडा विशेष जानकारी सत्र सम्पन्न गरेको छ। बिहीबार संस्थाको कार्यालयमा आयोजित एक विशेष अभिमुखीकरण कार्यक्रम मार्फत क्यानडा जान चाहने आफ्ना विद्यार्थीको जिज्ञासा राइटपाथले मेटाएको हो। कार्यक्रममा एडुम्याण्डेटका प्रतिनिधि राहुल सर्कार र तारा गुरुङले क्यानडा अध्ययनका विविध पाटोहरू विद्यार्थीलाई प्रस्ट पारेका थिए।

युनिभर्सिटी अफ फ्रेजर भ्यालीलाई प्रतिनिधित्व गर्ने यी प्रतिनिधिहरूले क्यानडामा अध्ययन गर्नुपर्ने कारण, त्यहाँका अवसर, चुनौती र समग्र पक्षहरूका बारे उपस्थित विद्यार्थीलाई जानकारी गराएका थिए। कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिले राइटपाथका विद्यार्थीले क्यानडा अध्ययनका विभिन्न पक्षहरूमा केन्द्रित रहेर राखेको जिज्ञासा मेटाउन काम गरेका थिए।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले राइटपाथ सधैँ विद्यार्थीले स्तरीय परामर्श पाउनुपर्छ भन्नेमा केन्द्रित रहेको हुँदा कार्यक्रम आयोजना गरिएको बताए। सम्बन्धित विषयका विज्ञ तथा ज्ञाता मार्फत नै विद्यार्थीको जिज्ञासा र दुबिधा मेट्दा त्यसले बढी सफलता दिने हुँदा संस्थाले यस किसिमका कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने उनले उल्लेख गरे। कार्यक्रममा करिब ५० जना विद्यार्थी लाभान्वित भएको जानकारी उनले दिए।

राइटपाथ विश्वका विभिन्न मुलुक अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको भरपर्दो परामर्श दाता संस्था हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड