काठमाडौँ- पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले एसओपि लेखन तथा युके, क्यानडा जानकारी सत्र सम्पन्न गरेको छ। सोमबार संस्थाको कार्यालयमा आयोजित तिन छुट्टा छुट्टै सत्र मार्फत सम्बन्धित विषय बारे जानकारी विद्यार्थीलाई दिइएको हो।
एसओपि लेखन सम्बन्धी जानकारीमूलक सत्र राइटपाथका अनुभवी भाषा प्रशिक्षक तथा एसओपि सल्लाहकार अरुण रत्नले सञ्चालन गरेका थिए। उनले वैदेशिक अध्ययनका लागि महत्त्वपूर्ण मानिने एसओपिका बारेमा पछिल्लो समय आएका विभिन्न अद्यावधिक सूचनाहरू विद्यार्थीलाई दिनुका साथै अर्थपूर्ण र प्रभावकारी एसओपि लेख्ने तरिका पनि सिकाएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीले एसओपि लेखनमा हुने गल्तीहरू र त्यसबाट पर्ने असर बारे पनि जानकारी पाएका थिए।
त्यस्तै दोस्रो चरणमा सञ्चालन भएको क्यानडा जानकारी सत्रमा प्रसिद्ध योर्कभिल विश्वविद्यालयका प्रतिनिधिले क्यानडामा अध्ययन गर्नुपर्ने कारण, त्यहाँका अवसर, चुनौती र समग्र पक्षहरूका बारे उपस्थित विद्यार्थीलाई जानकारी गराएका थिए। त्यस्तै हाल उक्त विश्वविद्यालयमा विशेष छात्रवृत्तिको व्यवस्था रहेको हुँदा सुलभ शुल्कमा स्तरीय शिक्षाका लागि योर्कभिल विश्वविद्यालय पढ्न विद्यार्थीलाई सुझाइएको थियो। कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिले राइटपाथका विद्यार्थीले क्यानडा अध्ययनका विभिन्न पक्षहरूमा केन्द्रित रहेर राखेको जिज्ञासा मेटाउन काम गरेका थिए।
युके जान चाहने विद्यार्थी लक्षित तेस्रो सत्रमा युनिभर्सिटी अफ वेस्ट इङ्गल्यान्डका नेपाल भुटान निर्देशक सुजन घिमिरेले युके अध्ययनका विविध पक्षहरू बारे प्रस्ट पारेका थिए। उनले नेपाली विद्यार्थीका लागि स्तरीय अध्ययनको अवसर प्राप्त गर्ने गन्तव्य युके भएको भन्दै युनिभर्सिटी अफ वेस्ट इङ्गल्यान्ड जस्ता प्रतिष्ठित संस्थाले विद्यार्थीको भविष्य सुनिश्चित गर्न सक्ने तर्क गरे। उनले विश्वविद्यालयमा रहेका विभिन्न शैक्षिक कार्यक्रम तथा अवसर बारे विद्यार्थीलाई जानकारी गराएका थिए।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले राइटपाथ सधैँ विद्यार्थीले स्तरीय परामर्श पाउनुपर्छ भन्नेमा केन्द्रित रहेको हुँदा कार्यक्रम आयोजना गरिएको बताए। सम्बन्धित विषयका विज्ञ तथा ज्ञाता मार्फत नै विद्यार्थीको जिज्ञासा र दुबिधा मेट्दा त्यसले बढी सफलता दिने हुँदा संस्थाले यस किसिमका कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने उनले उल्लेख गरे। तिन वटा सेसनमा करिब १५० जना विद्यार्थी लाभान्वित भएको जानकारी उनले दिए।
राइटपाथ विश्वका विभिन्न मुलुक अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको भरपर्दो परामर्श दाता संस्था हो।

