Matra Education आइतबार, साउन १० २०८३

नयाँ कार्यसमिति चयन गर्दै फेकन गण्डकीको दोस्रो अधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै फेकन गण्डकीको दोस्रो अधिवेशन सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र ५ २०७९


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ। शनिबार पोखराको लेकसाइड स्थित एक होटलमा आयोजित दोस्रो अधिवेशन आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो।

फेकन गण्डकीका अध्यक्ष जागृत भट्टराइको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष युवराज कटुवाल प्रमुख अतिथिका रूपमा रहेका थिए। अधिवेशनलाई शुभकामना दिन फेकन केन्द्रीय कार्यसमिति बाट उपाध्यक्ष प्रज्वल बस्नेत, हेमन्त राज दुलाल, महासचिव राजु निरौला, सचिव छविन्द्र ओझा, उमेश कुश्वार, कोशाध्यक्ष अनिल शर्मा पौडेल, कार्यसमिति सदस्यहरू सुदेश पोखरेल, रेश्मा राजथला लगायत पोखरा पुगेका थिए। त्यस्तै इक्यान कास्कीका अध्यक्ष रमेश कुमार थापा सहित गण्डकी प्रदेशमा क्रियाशील फेकन सदस्य परामर्श व्यवसायीहरूको उपस्थिति रहेको थियो।

मात्र एजुकेसनलाई प्राप्त विवरण अनुसार सञ्जय सुबेदीको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा सुनिल पराजुली उपाध्यक्ष चयन भएका छन्। त्यस्तै विष्णु अधिकारीले सचिवको जिम्मेवारी पाउँदा नन्द कुमार पाईजा सहसचिव बनेका छन्। यसैगरी सुरेश पौडेल कोषाध्यक्ष चयन हुँदा सुर्य प्रसाद भण्डारी, रवि बि.क, रमेश चालिसे र बलराम ढकाल कार्यसमिति सदस्य बनेका छन्।

अधिवेशनमा बोल्ने वक्ताहरूले शैक्षिक परामर्श क्षेत्रमा देखिएका समस्याहरू तथा समाधानका लागि फेकन जस्ता छाता संगठनले खेल्नुपर्ने भूमिकाको चर्चा गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड