काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले कोसी प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ। गत शुक्रबार ११ सदस्यीय तदर्थ समिति गठन गर्दै फेकनले आफ्नो उपस्थिति कोसी प्रदेशमा पनि पुर्याएको हो।
संस्थाले गत शुक्रबार संस्थापक अध्यक्ष मान बहादुर राई, केन्द्रीय उपाध्यक्षहरू प्रज्वल बस्नेत, हेमन्त राज दुलाल, अर्जुन बस्नेत र कोशाध्यक्ष अनिल शर्मा पौडेल सहितको उपस्थितिमा एक कार्यक्रम आयोजना गर्दै तदर्थ समिति घोषणा गरेको हो। प्राप्त विवरण अनुसार प्रचण्ड प्रकाश सुब्बा फेकन कोसी प्रदेश संयोजक बनेका छन्। त्यस्तै सदस्यहरूमा भुवन प्रदेश कोइराला, इन्द्र कुँवर, विनोद पौडेल, विजय तामाङ, प्रकाश अधिकारी, आर्जन कार्की, रबिन्सन् रिजाल, पूर्ण बहादुर सम्बाहाम्फे, घनश्याम खड्का र अजय घिमिरे रहेका छन्।
कोसी प्रदेश शाखा गठन पछि मात्र एजुकेसन सँग कुरा गर्दै फेकनका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख हेमन्त राज दुलालले सबै प्रदेशमा संस्थालाई पुर्याउने अभियान अन्तर्गत कोसी प्रदेश शाखा गठन गरिएको बताए। अब छिटै लुम्बिनी प्रदेशमा पनि शाखा विस्तार गरिने भन्दै उनले क्रमिक रूपमा अन्य प्रदेशहरूमा पनि संस्थालाई लगिने जानकारी दिए।

