काठमाडौँ- शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो सातौँ शाखाको सुरुवात गरेको छ । पुतलीसडक काठमाडौँमा प्रधान कार्यालय रहेर विश्वसनीय परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्थाले उपत्यका बाहिर शाखा विस्तार गर्ने क्रममा हिजो बाट सातौँ शाखा सञ्चालनमा ल्याएको हो। बुधबार बिर्तामोडको सिद्धार्थ होटेल ग्राण्ड सिटीमा आयोजित एक कार्यक्रमका बिच बिर्तामोडको शनिश्चरे रोड झापामा रहेको सातौँ शाखाको औपचारिक उद्घाटन गरिएको हो। त्यस्तै भोलि फागुन १९ गते शुक्रवार राइटपाथले आफ्नो आठौँ शाखाका रूपमा धनकुटामा पनि शाखा खोल्ने भएको छ। यो सँगै राइटपाथको सेवा झापा र धनकुटाका विद्यार्थीका लागि पनि विस्तार भएको छ ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महातरा प्रसाईँ प्रमुख अतिथि रहेको झापा शाखा उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा राइटपाथकी ब्रान्ड एम्बेस्डर पुजा शर्मा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दिपकराज भुसाल विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा इक्यान झापाका मोहन ओली सहित पदाधिकारीहरू, शैक्षिक परामर्श व्यवसायीहरू, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरू सहित राइटपाथका शुभचिन्तक शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमकी मुख्य आकर्षण बनेकी नायिका पुजा शर्माले राइटपाथले आफ्नो नाम जस्तै निरन्तर सही काम गर्दै आएकाले आजको स्थानमा आइपुगेको धारणा राखिन्। राइटपाथ जस्तो विश्वसनीय संस्था नजिकै आइदिए हुन्थ्यो भन्ने जो कोहीको पनि चाहना हुनसक्ने भन्दै उनले त्यसको भरपुर सदुपयोग गर्न सम्बद्ध विद्यार्थीहरूलाई अनुरोध गरिन्। स्थापनाकाल देखि नै संस्थाले निरन्तर विद्यार्थी अभिभावकहरूको अधिक माया पाएको उल्लेख गर्दै उनले यो क्रम जारी रहे सयौँ शाखाहरू विस्तार गर्न सकिने बताइन्।

त्यस्तै राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले विद्यार्थी र अभिभावकहरूको माग अनुसार शाखा विस्तार गरिएको बताए। संस्थाको आज सम्मको सफलताको श्रेय आफ्ना कर्मचारीहरूको मेहनतलाई दिएका उनले आज सम्म प्राप्त साथ सहयोगका लागि सम्बद्ध सबैलाई धन्यवाद दिए। नेपाली विद्यार्थीहरू स्वदेशमै पढ्नुपर्छ भन्ने आफूहरूको पनि मान्यता रहेको भए पनि खोजेजस्तो अन्तर्राष्ट्रिय स्तरको शिक्षाको अभावका कारण त्यो सम्भव हुन नसकेको उल्लेख गरे। नेपाली विद्यार्थीहरूले विदेशमा शिक्षा सहित सिकेको सिप र त्यसले देशको आर्थिक उन्नतिमा दिएको योगदानको समेत चर्चा गरेका उनले निर्धारित नियमहरू बाहिर राइटपाथ कहिल्यै नजाने र गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने कम्पनीको मूल मर्म मर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमकी प्रमुख अतिथि प्रसाईँले राज्यले शैक्षिक गुणस्तर सुनिश्चित गर्न नसकेको कारण विद्यार्थीहरू बाध्यात्मक रूपमा बिदेसिनु परिरहेको धारणा राखिन्। यस्ता विद्यार्थीलाई सही परामर्श दिनका लागि राइटपाथले खेलिरहेको भूमिकाको प्रशंसा गर्दै उनले आफ्नो गुणस्तर र विश्वसनीयता खस्किन नदिने गरी काम गर्न सुझाव दिइन्। त्यस्तै उनले आवश्यक परे शैक्षिक उन्नयनका लागि सहकार्य गर्न बिर्तामोड नगरपालिका तयार रहेको पनि बताइन्।

झापा शाखा सुरुवातकै अवसरमा राइटपाथ झापाले क्यानडा, अस्ट्रेलिया र युके जान चाहने विद्यार्थी लक्षित जानकारी सत्र (इन्फर्मेसन सेसन) आयोजना गरेको थियो। उक्त सत्रमा युकेका १०, क्यानडाका ४ र अस्ट्रेलियाका ३ भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। करिब ५०० भन्दा बढी विद्यार्थीहरू उक्त सत्रमा सहभागी भएको राइटपाथ झापाले जानकारी दिएको छ। कार्यक्रम स्थलमा उत्साहित देखिएका विद्यार्थीहरूले राइटपाथलाइ आफ्नो सहरमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे। उनीहरूले जानकारी सत्र बाट आफूहरूको धेरै दुबिधा मेटिएको पनि बताए।

राइटपाथलाई यसरी चिन्नुहोस्:
७ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ आज परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ । विशेषतः क्यानडा, अस्ट्रेलिया, न्यु जिल्यान्ड, युके, अमेरिका आदि गन्तव्य अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई उसले सेवा प्रदान गर्दै आएको छ। काठमाडौँ सहित देशका प्रमुख सहरहरूमा शाखा रहेको राइटपाथले गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने उद्देश्य बोकेको छ। राइटपाथ करियर काउन्सिलिङले स्तरीय भाषा कक्षा, निःशुल्क र गुणस्तरीय परामर्श सेवा, भिसा र डकुमेण्टेसन प्रक्रियामा सहयोग, अन्तर्वार्ता तयारी, यात्राअघिको मार्गनिर्देश र निःशुल्क आवेदन गर्ने काम गर्छ । विद्यार्थीको सुविधाका लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको राइटपाथले विद्यार्थीले सिधै विषय विज्ञसँग कुरा गरेर आफ्नो विषय बारे बुझ्न सक्ने व्यवस्था पनि गरेको छ।
सफलताको सातौँ वर्षमा काम गरिरहँदा उच्च भिसा सफलता र विश्वसनीयता सहितको पहिचान राइटपाथले बनाएको छ।