Matra Education आइतबार, साउन १० २०८३

नयाँ अफरको घोषणा सहित राइटपाथले मनायो छैटौँ वार्षिकोत्सव

नयाँ अफरको घोषणा सहित राइटपाथले मनायो छैटौँ वार्षिकोत्सव

  • मात्र एजुकेशन
  • आइतबार, पौस २४ २०७९


काठमाडौँ- राजधानीको पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले आइतबार छैटौँ वार्षिकोत्सव मनाएको छ। राइटपाथको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिच केक काटेर राइटपाथले आफ्नो स्थापना दिवस मनाएको हो। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे प्रमुख अतिथि तथा राइटपाथकी ब्रान्ड एम्बेस्डर तथा नायिका पूजा शर्मा विशेष अतिथि रहेको कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डे पनि विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा परामर्श व्यवसायीहरू, राइटपाथका साझेदार शैक्षिक संस्थाका प्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। आफ्नो सफलताको गौरवपूर्ण छैटौँ वर्ष पुरा गर्दै राइटपाथ सातौँ वर्ष प्रवेश गरेको छ।

कार्यक्रममा बोल्दै राइटपाथका सिइओ फिलिप डिसीले आजसम्मको साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिए। गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारासहित स्थापित संस्थाले आजसम्म आफ्नो उद्देश्य अनुसारकै काम गरेको उनको भनाइ थियो। आफ्ना सबै शाखाहरूलाई यो सफलताको श्रेय दिँदै उनले भने, “राइटपाथ यो ठाउँ सम्म आइपुग्नुमा म अगाडी देखिए पनि मेरा लगनशील र मेहनती कर्मचारीहरूको ठुलो भूमिका छ। त्यस्तै देशका विभिन्न भागमा रहेका शाखाहरूको अथक प्रयासका कारण हामी यो स्थानमा आइपुगेका हौँ। आजसम्म धेरै नेपाली विद्यार्थीलाई उनीहरूको रोजाइको गन्तव्य पुर्‍याइरहँदा अभिभावक र विद्यार्थीले हामीलाई देखाउनुभएको विश्वास र माया प्रति म आभारी छु “। आफूहरू रहेको पेसा संवेदनशील रहेको भन्दै उनले सकेसम्म उत्कृष्ट र विश्वसनीय सेवा दिने राइटपाथको लक्ष्य रहेको बताए। वार्षिकोत्सवको अवसरमा राइटपाथले विद्यार्थीका लागि घोषणा गरेको विशेष अफर बारे फेसबुक पेजबाट जानकारी लिएर अधिकतम लाभ उठाउन पनि उनले आग्रह गरे।

त्यस्तै राइटपाथकी ब्रान्ड एम्बेस्डर तथा नायिका पूजा शर्माले सातौँ वर्ष प्रवेश गरेकोमा राइटपाथलाई बधाई दिँदै अझै धेरै वार्षिकोत्सव मनाउने चाहना व्यक्त गरिन्। जस्तोसुकै कठिन परिस्थितिमा पनि राइटपाथ नरोकिएको स्मरण गर्दै आगामी वार्षिकोत्सवहरू अझै भव्य तरिकाले मनाइने बताइन्। उनले राइटपाथको सुखमा मात्रै नभएर दुखमा पनि सँगै हुने बाचा गरिन्।

कार्यक्रममा बोल्दै विशेष अतिथि इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले देशका विभिन्न ठाउँमा शाखा खोलेर विदेश जाने विद्यार्थीको चाहनालाई राइटपाथले सहज बनाएको उल्लेख गरे। शैक्षिक परामर्श प्रदान गर्ने कन्सल्टेन्सी खोल्न सजिलो भए पनि काम गर्न एकदमै गाह्रो रहेको उनको भनाई थियो। आज सम्म राइटपाथले कहिल्यै पनि गलत काम नगरेको र आगामी दिनमा पनि नगर्ने विश्वास आफूले लिएको उनले उल्लेख गरे । उनले राइटपाथले अब विदेशमा पनि शाखा बिस्तार गर्न सकोस् भन्ने शुभकामना दिए ।

छैटौँ वार्षिकोत्सवको अवसरमा राइटपाथलाई शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि इक्यान अध्यक्ष प्रकाश पाण्डेले सुरुवातका दिनहरूमा आफूहरूले शुभकामना दिएको स्मरण गर्दै सोही दिनदेखि आजसम्म राइटपाथ निरन्तर प्रगति पथमा लम्किरहेको उल्लेख गरे। उनले आगामी दिनमा संस्थाको अझै प्रगति होस् भन्ने कामना गरे।

के छ राइटपाथमा नयाँ अफर ?
आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर राइटपाथले विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि दुई नयाँ अफरहरूको घोषणा गरेको छ। पहिलो अफर अन्तर्गत जनवरी ८ देखि १३ लाई भर्ना हप्ता मानेर यो अवधिमा आउने विद्यार्थीको ‘फ्री प्रोसेसिङ’ गर्ने घोषणा राइटपाथले गरेको छ। त्यस्तै अर्को अफर अन्तर्गत जनवरी महिनाभर भाषा कक्षा (आइएलटिएस) अध्ययन गर्नका लागि ५०% छुटको व्यवस्था गरिएको छ।

राइटपाथलाई यसरी चिन्नुहोस्:
७ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ आज परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ । विशेषतः क्यानडा, अस्ट्रेलिया, न्यु जिल्यान्ड, युके, अमेरिका आदि गन्तव्य अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई उसले सेवा प्रदान गर्दै आएको छ। काठमाडौँ सहित देशका प्रमुख सहरहरूमा शाखा रहेको राइटपाथले गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने उद्देश्य बोकेको छ। राइटपाथ करियर काउन्सिलिङले स्तरीय भाषा कक्षा, निःशुल्क र गुणस्तरीय परामर्श सेवा, भिसा र डकुमेण्टेसन प्रक्रियामा सहयोग, अन्तर्वार्ता तयारी, यात्राअघिको मार्गनिर्देश र निःशुल्क आवेदन गर्ने काम गर्छ । विद्यार्थीको सुविधाका लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको राइटपाथले विद्यार्थीले सिधै विषय विज्ञसँग कुरा गरेर आफ्नो विषय बारे बुझ्न सक्ने व्यवस्था पनि गरेको छ।

सफलताको छैटौँ वर्ष पार गर्दै गर्दा उच्च भिसा सफलता र विश्वसनीयता सहितको पहिचान राइटपाथले बनाएको छ।

तपाईँ यहाँ क्लिक गरेर छैटौँ वार्षिकोत्सव कार्यक्रमका केही तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड