काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको थप विषयहरूको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको छ। बिहीबार एक सूचना जारी गर्दै आयोगले बागमती प्रदेशको अङ्ग्रेजी, गण्डकी प्रदेशको सामाजिक र लुम्बिनी प्रदेशको नेपाली र अङ्ग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो।
आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ। उम्मेदवारहरूले आफ्नो नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटको नतिजामा गई नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सकिने पनि आयोगले जनाएको छ ।
आयोगको मिति २०७९/०९/१४ गतेको निर्णय अनुसार प्रकाशित गरिएको हो। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।