Matra Education आइतबार, साउन १० २०८३

ओएसिसको क्रिसमस तथा नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

ओएसिसको क्रिसमस तथा नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

  • मात्र एजुकेशन
  • आइतबार, पौस १० २०७९


काठमाडौँ- बागबजार स्थित ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीको क्रिसमस तथा नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न भएको छ । आइतबार राजधानीको हात्तीसार स्थित नेपाल हाउसमा आयोजित एक विशेष सांस्कृतिक कार्यक्रमका बिच ओएसिसले आफ्ना अभिभावक, विद्यार्थी, शैक्षिक संस्थाहरू तथा शुभचिन्तकहरू माझ शुभकामना आदानप्रदान गरेको हो ।

ओएसिसका प्रबन्ध निर्देशक राम थापाको सभापतित्व तथा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट तथा अस्ट्रेलियन सिटी इन्टरनेसनल कलेजका नेपाल व्यवस्थापक राजन पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ओएसिसका कानुनी सल्लाहकार दुर्गा खनाल लगायत अतिथिहरू अनि ओएसिसका विद्यार्थी, अभिभावक, तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

यसअघि गत शुक्रवार ओएसिसले आफ्नो बागबजार स्थित कार्यालयमा परामर्श व्यवसायी तथा साझेदारहरूको बाक्लो उपस्थितिमा केक काटेर ‘क्रिसमस इभ’ मनाएको थियो। आज भने विविध सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै ओएसिस अब्रोड स्टडी सर्भिसेस एन्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राम थापाले विगतका बर्सहरूझैँ यस वर्ष पनि शुभकामना आदानप्रदान गर्ने क्रममा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । उनले २००७ देखि ओएसिसले भाषा शिक्षण सहित गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको बताए। यस क्रममा अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, युके र युरोपका विभिन्न देशहरू जान चाहने हजारौँ विद्यार्थीको सपनाको सारथि आफूहरू बनिसकेको उनको भनाई थियो। उनले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना दिँदै सबैको भिसा लागोस् र अभिभावकको सपना पूरा होस् भन्ने शुभकामना दिए।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले आफूले प्रतिनिधित्व गर्ने कलेजहरूको बारे जानकारी गराउँदै अत्यधिक भिसा सफलताका लागि ती कलेजहरू छान्न सुझाव दिए। उनले ओएसिसले गुणस्तरीय र विश्वसनीय परामर्श सेवा प्रदान गर्दै आएको भन्दै विदेश अध्ययन गर्न चाहनेहरूका लागि यो संस्था भरपर्दो नाम भएको उल्लेख गरे।

कार्यक्रममा दर्जन भन्दा बढी भिसा सफलता प्राप्त गरेका र भाषा परीक्षामा उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीहरूले आफ्नो अनुभव बाँडेका थिए। उनीहरूले ओएसिसले दिएको वातावरणकै कारण आफूहरू सफल हुन सकेको बताए। हाल भाषा कक्षा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रम अवधिभर दिएको गायन, नृत्य लगायतका प्रस्तुतिले कार्यक्रमलाई अझ उत्कृष्ट बनाएको थियो। त्यस्तै ओएसिसका सल्लाहकार नारायण राजथलाको कुशल कार्यक्रम सञ्चालन शैलीले कार्यक्रम अर्थपूर्ण बन्न पुगेको थियो।

ओएसिसले अनुशासित विद्यार्थी, नियमित उपस्थित हुने विद्यार्थी, उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी सहित कार्यक्रममा प्रस्तुति दिने सबैलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको थियो।

कार्यक्रमलाई अस्ट्रेलियन सिटी इन्टरनेसनल कलेज र सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले साथ दिएका थिए ।

तपाईं यहाँ क्लिक गरेर कार्यक्रमको फोटो फिचर हेर्न सक्नुहुन्छ।

भिडियो हेर्नुहोस्:

https://www.facebook.com/890205968034142/posts/2080488382339222/?app=fbl

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड