काठमाडौँ- पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले युके विशेष जानकारी तथा भर्ना सत्र सम्पन्न गरेको छ। एड्भोए नेपाल सँगको सहकार्यमा राइटपाथले बुधबार उक्त कार्यक्रम सम्पन्न गरेको हो। पाँच दिन अघि देखि ‘ युके एडमिसन विक’ सञ्चालन गरिरहेको संस्थाले आज विश्वविद्यालयका प्रतिनिधि ल्याएर विश्वसनीय परामर्श नेपाली विद्यार्थीलाई प्रदान गरेको हो। युकेको प्रतिष्ठित ‘क्याम्ब्रिज एजुकेसन ग्रुप’ का दक्षिण एसिया म्यानेजर प्रनेश सिन्हाले नेपाली विद्यार्थीहरूको युके सम्बन्धी दुबिधाहरू मेटाएका हुन्। राइटपाथको ‘युके एडमिसन विक’ भने आगामी शुक्रवार सम्म चल्नेछ।

आजको कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी लाभान्वित भएको राइटपाथ प्रशासनले जनाएको छ। पछिल्लो समय नेपाली विद्यार्थीका लागि अन्य देशका भिसा प्रक्रियामा उत्पन्न भएका जटिलताका कारण पनि युके चासोको गन्तव्य बन्दै गएको छ। युके जाने विद्यार्थीहरूको चाप बढेकै कारण हाल बजारमा अफर लेटर नआउने लगायतका विविध समस्या देखिएको भन्दै राइटपाथका सिइओ फिलिप डिसी मात्र एजुकेसन सँग भन्छन्, ” यस्तै समस्या समाधानका लागि हामीले समय-समयमा यस किसिमका कार्यक्रम आयोजना गर्दै आएका छौँ। यस्ता कार्यक्रमहरू मार्फत नेपाली विद्यार्थीले स्तरीय र विश्वसनीय परामर्श पाउने, छात्रवृत्तिका अवसर र त्यहाँको जीवनशैली बारे बुझ्ने, आफूलाई उपयुक्त हुने कोर्स र लोकेसन पत्ता लगाउने लगायतका फाइदा लिन सक्छन्। त्यतिमात्र नभई म आज तपाईँको मिडिया मार्फत ४८ घण्टा भित्र युकेको अफर लेटर दिलाउने ग्यारेन्टी गर्छु। यो काम हाल हामीले गर्दै पनि आएका छौँ “। प्रनेश सिन्हाले युकेका लोकप्रिय १२ विश्वविद्यालयको प्रतिनिधित्व गर्ने हुनाले पनि आजको कार्यक्रम अर्थपूर्ण भएको डिसीको भनाई थियो।

मात्र एजुकेसन मार्फत डिसीले दुई दिन मात्र बाँकी रहेको ‘एडमिसन विक’ को फाइदा उठाउन युके अध्ययन गर्ने योजनामा भएका विद्यार्थीलाई आग्रह गरेका छन्। आगामी ‘जनवरी इन्टेक’ का लागि अबका केही दिन मात्रै फाइल लिने राइटपाथले जनाएको छ। तपाईँ थप जानकारीका लागि यहाँ क्लिक गरेर राइटपाथको फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।


