Matra Education आइतबार, साउन १० २०८३

असोज २८ गते फेकनले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

असोज २८ गते फेकनले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

  • मात्र एजुकेशन
  • बुधबार, असोज २६ २०७९


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले चाडपर्वहरूको अवसरमा आगामी असोज २८ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

फेकनले भर्खरै सकिएको दसैँ, आउँदै गरेको तिहार, छठ, नेपाल संवत लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान गर्ने र चियापान सँगै सबैको मङ्गल कामना गर्नका लागि कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष बासु नेपालले बताए। कार्यक्रम बागबजार स्थित हार्दिक होटलमा दिउसो २ बजेपछि सञ्चालन हुने जानकारी पनि उनले मात्र एजुकेसनलाई दिए।

फेकनले आफ्ना सबै सदस्य र शुभ चिन्तकहरूलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड