Matra Education आइतबार, साउन १० २०८३

एड्भोयको अब्रोड स्टडी एक्स्पो सम्पन्न, सयौँ विद्यार्थी लाभान्वित

एड्भोयको अब्रोड स्टडी एक्स्पो सम्पन्न, सयौँ विद्यार्थी लाभान्वित

  • मात्र एजुकेशन
  • मंगलबार, असोज ४ २०७९


काठमाडौँ- एड्भोय नेपालले आयोजना गरेको अब्रोड स्टडी एक्स्पो सम्पन्न भएको छ। मंगलबार हात्तीसार स्थित अरन्या बुटिक होटलमा आयोजित युके र क्यानडा केन्द्रित एक्स्पो सयौँ विद्यार्थीहरूको सहभागिता सहित सम्पन्न भएको हो। नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूजा शर्माले एक्स्पोको उद्घाटन गरेकी थिइन्। पछिल्लो समय युके र क्यानडा विदेश अध्ययन गर्न जाने अत्यधिक नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य भएकाले एड्भोए नेपालले एक्स्पो आयोजना गरेको थियो।

एक्स्पोमा युके र क्यानडाका १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेको थियो भने प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा मेटाउने प्रयास गरेका थिए। एक्स्पो मार्फत विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरू बाट परामर्श सहित शीघ्र अफर लेटरको सुविधा प्राप्त गरेका छन्।

मात्र एजुकेसन सँग कुरा गर्दै एड्भोयका नेपाल निर्देशक फिलिप डिसीले एक्स्पो सबै हिसाबले सफल भएको प्रतिक्रिया दिए। विद्यार्थीको माग अनुसार नै एक्स्पो राखिएको र उल्लेखनीय सहभागिता भएको हुँदा लक्षित वर्गले लाभ लिएको उनको भनाई थियो। विद्यार्थीमा रहेका भिसा सम्बन्धी, छात्रवृत्ति सम्बन्धी र अन्य जिज्ञासाहरू सम्बन्धित शैक्षिक संस्थाकै प्रतिनिधि बाट समाधान गराउन एक्स्पो सफल भएको पनि उनले उल्लेख गरे।

एड्भोय नेपालले सहभागी विद्यार्थीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड