काठमाडौँ- आगामी मंगलबार अर्थात् असोज ४ गते (सेप्टेम्बर २० तारिख) एड्भोयको अब्रोड स्टडी एक्स्पो सञ्चालन हुने भएको छ । हात्तिसार स्थित अरन्या बुटिक होटलमा आयोजना हुने एक्स्पो विशेषतः युके र क्यानडा केन्द्रित हुनेछ भने यी गन्तव्यहरू बाट आउने प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा समाधान गर्नेछन् । पछिल्लो समय युके र क्यानडा विदेश अध्ययन गर्न जाने अत्यधिक नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य भएकाले एक्स्पो आयोजना गरिएको एड्भोए नेपालले जनाएको छ ।
एक्स्पोमा युके र क्यानडा बाट १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहनेछ भने विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरू बाट परामर्श सहित शीघ्र अफर लेटरको सुविधा पाउनेछन् । त्यस्तै एड्भोयको बृहत् कोर्सहरूको सूचिबाट आफूलाई उपयुक्त हुने कोर्स छनोट गर्ने अवसर पनि विद्यार्थीले पाउनेछन् ।
मात्र एजुकेसन सँग कुरा गर्दै एड्भोयका नेपाल निर्देशक फिलिप डिसिले विद्यार्थीको माग अनुसार नै एक्स्पो राखिएको बताए । विद्यार्थीमा रहेका भिसा सम्बन्धी, छात्रवृत्ति सम्बन्धी र अन्य जिज्ञासाहरू सम्बन्धित शैक्षिक संस्थाकै प्रतिनिधि बाट समाधान गराई दुई दिन भित्र अफर लेटर प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनको भनाइ थियो । उनले मात्र एजुकेसन मार्फत एक्स्पोको भरपुर फाइदा उठाउन पनि विद्यार्थीहरूलाई अपिल गरेका छन् ।
तपाईँ यस कार्यक्रम सम्बन्धी थप जानकारी यहाँ क्लिक गरेर को फेसबुक पेज बाट लिन सक्नुहुन्छ।