Matra Education आइतबार, साउन १० २०८३

को हुन् काठमाडौँ महानगरको शिक्षा सल्लाहकारमा नियुक्त रेशु अर्याल ?

को हुन् काठमाडौँ महानगरको शिक्षा सल्लाहकारमा नियुक्त रेशु अर्याल ?

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र २३ २०७९


काठमाडौं- काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन् । महानगरले उनलाई बुधबार शिक्षा सल्लाहकारमा नियुक्त गरेको हो ।

उनी सामाजिक अभियान्ता, टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ बर्ष अध्यक्ष र अहिले नेतृत्व परिषदको सदस्य, हालसालै फुलब्राइट कमिशन की कार्यकारी निर्देशक हुन् ।

यस्तै नेपाली शिक्षामा वातावरण संरक्षणलाई प्राथमित्का दिनुपर्छ भन्ने मान्यता राख्दै बालबालिकालाई प्रकृतिसँग घुलमिल गराई व्यवाहारिक सिकाई सम्पादन गर्ने हवेली आउटडोर लर्निङ सेन्टर भन्ने संस्थानको संस्थापक निर्देशक सार्वजनिक र सामुदायिक विद्यालयको बिकास र सवलीकरणमा विशेष चासो र नेतृत्व लिने सामुदायिक अभियान्ता हुन् ।

उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन् । त्यस्तै सिङापुरको नेसनल ईन्स्टिच्युट अफ एडुकेशनबाट स्नातक गरेकी थिइन् । २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिङापुरको नेसनल ईन्स्टिच्युट अफ एडुकेशनले प्रतिष्ठित पुरस्कर बाट पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड