काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) र माछापुच्छ्रे बैंक बिच सरल बैंकिङ सेवाका लागि सम्झौता भएको छ। सम्झौता सँगै अब माछापुच्छ्रे बैंकले फेकनसँग आबद्ध कन्सल्टेन्सीहरूलाई सरल र सहज रूपमा शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।
सोमबार फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गर्दै सम्झौतालाई आधिकारिकता दिएका हुन्। माछापुच्छ्रे बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आबद्ध कन्सल्टेन्सीहरूलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अरू बैंकिङ सुविधाहरूमा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको फेकनले जनाएको छ ।
फेकन परामर्श व्यवसायीहरूको हक हितका लागि निरन्तर पैरवी गर्दै आएको संस्था हो।