काठमाडौँ- राजधानीको स्थापित परामर्श व्यवसायी एजुकेसन एण्ड माइग्रेसन कर्नरले अस्ट्रेलियन एड्मिसन डे सम्पन्न गरेको छ। मंगलबार संस्थाको बानेश्वर शाखामा आयोजित एक कार्यक्रमका बिच एड्मिसन डे सम्पन्न भएको हो। उक्त दिन अस्ट्रेलिया अध्ययन गर्न जाने सोच भएका सयौँ विद्यार्थीले परामर्श र आवश्यक जानकारी हासिल गरेको एजुकेसन एण्ड माइग्रेसन कर्नरले जनाएको छ।
कार्यक्रममा अस्ट्रेलिया सहित अन्य विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श प्रदान गरिएको थियो। उपयुक्त मार्गदर्शनको अभावमा विद्यार्थीहरू करियरकै सन्दर्भमा पनि गम्भीर गल्ती गर्न सक्ने हुँदा त्यसलाई कम गर्नका लागि यस्ता कार्यक्रम राख्ने गरेको संस्थाले जनाएको छ। उपस्थित विद्यार्थीहरूले एड्मिसन डे उपयुक्त समयमा राखिएको हुँदा आफूहरूको दुबिधा मेटाउन र विदेश अध्ययनका बारेमा बुझ्न धेरै उपयोगी भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्रान्ड एम्बेस्डर अभिनेत्री उपासना सिंह ठकुरीले पनि उपस्थित विद्यार्थीहरूसँग छलफल गरेकी थिइन्। उनले एजुकेसन एण्ड माइग्रेसन कर्नरले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको बारेमा विद्यार्थीहरुलाइ जानकारी दिएकी थिइन्।
विद्यार्थीहरूको उल्लेखनीय सहभागिता बाट आफूहरू हौसिएको भन्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने एजुकेसन एण्ड माइग्रेसन कर्नर नयाँ बानेश्वर शाखाका प्रबन्धक नितेश उप्रेतीले बताए। विद्यार्थीहरूले आवश्यक जानकारी पाएको हुँदा उनीहरूले कार्यक्रम बाट उचित लाभ लिएको उनको विश्वास छ।
लामो समयदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एजुकेसन एण्ड माइग्रेसन कर्नर विद्यार्थीहरूले अधिक रुचाएको विश्वासिलो परामर्श व्यवसायीका रूपमा रहेको छ।