Matra Education आइतबार, साउन १० २०८३

निमास एजुकेसनले पुरा गर्‍यो सफलताको १३ वर्ष, भाषा कक्षामा ५०% छुटको घोषणा

निमास एजुकेसनले पुरा गर्‍यो सफलताको १३ वर्ष, भाषा कक्षामा ५०% छुटको घोषणा

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र १३ २०७८


काठमाडौँ- बागबजारमा रहेको निमास एजुकेसन प्रा.लिले सफलताको १३ वर्ष पुरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको निमास एजुकेसन कन्सल्टेन्सीहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कन्सल्टेन्सी हो। त्यस्तै निमास आइएसओ ९००१–२०१५ प्रमाणित कम्पनी पनि हो ।

प्रा.लि.का निर्देशक सरोज थापाको निधनका कारण यस वर्ष वार्षिकोत्सवको अवसरमा कुनै औपचारिक कार्यक्रम नगरेको भए पनि विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी तथा शुभेच्छुक सम्पूर्णप्रति आभार व्यक्त गरेको छ । सँगै वार्षिकोत्सव कै अवसरमा पिटिई तथा आईएलटिएसको कक्षा लिने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा कम्पनीले गरेको छ। प्रा.लि. का निर्देशक थापाको निधन भएको वार्षिक पुण्य तिथिको दिन आगामी जेठ ७ गतेसम्म यो अफरका साथै विद्यार्थीको प्रोसेसिङ शुल्कमा पनि विशेष छुट प्रदान गरिने निमासले जनाएको छ।

निमासले अस्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका, युके, युरोप, फिलिपिन्स, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रबन्ध निर्देशक गीता रिजालले जानकारी दिइन् । ‘परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट , भाषा शिक्षण र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छौँ,’ उनले भनिन् ।

अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त एजेन्सीका रूपमा आफूहरूले काम गरिरहेको रिजाल बताउँछिन्। पिआइआर, आइसिएफ, एजुकेसन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट निमासले मान्यता पाएको उनको भनाई छ।

‘विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरूमा विद्यार्थी पठाउन सफल छौँ,’ रिजालले भनिन् । कम्पनीका प्रबन्ध निर्देशक गीता रिजाल फेकनको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । शिक्षा मन्त्रालयको समन्वय समितिका सदस्य भएर पनि उनले काम गरिरहेकी छन् । उनी पायर, टिआइटिआइ र न्युजिल्याण्डबाट सर्टिफाइड काउन्सिलर समेत हुन् ।

निमास एजुकेसनलाई ‘मात्र एजुकेसन’ को धेरै शुभकामना

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड