Matra Education बिहिबार, भाद्र २५ २०८३

लङउडले पुरा गर्नेछ तपाईँको विदेश अध्ययनको सपना, नयाँ अफरको समेत घोषणा

लङउडले पुरा गर्नेछ तपाईँको विदेश अध्ययनको सपना, नयाँ अफरको समेत घोषणा

  • मात्र एजुकेशन
  • बिहिबार, माघ २७ २०७८


(मात्र एजुकेसनले विगत केही समयअघि देखि विश्वका विभिन्न देश पढ्न जाने नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले अब्रोड स्टडी स्तम्भको सुरुवात गरेको छ। उक्त स्तम्भ अन्तर्गत हामीले भरपर्दो, विश्वसनीय र गुणस्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्ने उत्कृष्ट परामर्श व्यवसायीका बारे तपाईँलाई जानकारी गराउँदै आएका छौँ । यो सामग्री त्यसैको निरन्तरता हो)

काठमाडौँ- परामर्श व्यवसायीहरूको भिडमा आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न सफल कन्सल्टेन्सी हो लङउड इन्टरनेसनल एजुकेसन नेटवर्क। राजधानीको पुतलीसडक स्थित पद्मोदयमोडमा रहेको यो कन्सल्टेन्सीले आफ्नो सफलताको गौरवमय सातौँ वर्ष पार गरिसकेको छ। ‘भिजिट अस वान्स एण्ड फिल द डिफ्रेन्स’ अर्थात् एकपटक भ्रमण गर्नुहोस् र आफैँ फरक महसुस गर्नुहोस् भन्ने नारासहित स्थापित यो कन्सल्टेन्सीले आफ्नो नाराजस्तै फरक र गुणस्तरीय अनुभूति आफ्ना विद्यार्थीहरूलाई दिँदै आएको छ।

विशेषगरि अस्ट्रेलिया, क्यानडा, अमेरिका र युकेका विश्वविद्यालय तथा क्याम्पसहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको परामर्श सारथि बनेको छ लङउड । उच्च भिसा सफलता दर, गुणस्तरीय भाषा कक्षा, स्तरीय परामर्श सेवा, तनावरहित प्रक्रिया आदि लङउडका प्रमुख विशेषताहरू हुन्।

विदेश पढ्न जानु अघि भाषा अध्ययन महत्त्वपूर्ण हुन्छ। विश्वका विभिन्न देशहरूले आफ्नो देशमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषाको ज्ञान अनिवार्य गरेका छन्। भाषा पढ्ने ठाउँ र त्यहाँको सिकाइ उत्कृष्ट नहुन्जेल अपेक्षित नतिजा प्राप्त गर्न सकिन्न भन्ने बुझेको लङउड व्यवस्थापनले त्यही स्तरको भाषा कक्षाको व्यवस्था गरेको छ। आईएल्टिएस, पिटिई लगायतको भाषा कक्षा सञ्चालन हुने लङउडमा सुविधा सम्पन्न डिजिटल कक्षाकोठाको व्यवस्था गरिएको छ। त्यस्तै हरेक हप्ता निःशुल्क मक टेस्ट, दक्ष, अनुभवी तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकको व्यवस्था, न्यून शुल्कमा स्तरीय शिक्षा, भाषामा उत्कृष्ट नतिजा आदि लङउडको भाषा कक्षाका विशेषताहरू हुन्।

लङउडले आफ्नो संस्थाबाट विदेश अध्ययनको आवेदन दिने विद्यार्थीका लागि पनि विशेष व्यवस्था गर्ने गरेको छ । लङउडबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले परामर्श प्राप्त गर्नका लागि भने अनिवार्य अभिभावक सँग उपस्थित हुनुपर्छ। कलिला विद्यार्थीहरूलाई मात्रै सबै कुरा गर्दा दुबिधा रहने र उनीहरूले उचित निर्णय लिन नसक्ने हुँदा उक्त व्यवस्था गरिएको लङउडका सञ्चालक राजकुमार शर्मा बताउँछन्। त्यस्तै लङउडले कोर्स र विषय छनोट गर्दा छिटो पिआर पाउने र विद्यार्थीलाई सहज हुने कोर्सहरूको विकल्प प्रदान गर्दछ। विद्यार्थीको शैक्षिक र भाषिक योग्यता हेरेर परामर्शको क्रममा तुरुन्तै निर्णय दिने लङउडको अर्को विशेषता भनेको तनावरहित कागजपत्र निर्माण र त्यसमा पूर्ण मार्गनिर्देश हो।

विद्यार्थीले विदेश अध्ययनका लागि आवेदन दिँदा वा विदेश गइसकेपछि के गर्ने, के नगर्ने लगायतका विषयहरू परामर्शको सुरुवाती चरणमै बुझाउने लङउड विद्यार्थी विदेश पुगिसकेपछि समस्यामा नपरोस् भन्नका लागि सधैँ सजग छ। त्यसैले संस्थाले विदेश जानू अगाडि उपयुक्त मार्गदर्शन पनि विद्यार्थीलाई दिने गरेको छ। त्यसबाहेक निःशुल्क काउन्सिलिङ र सुलभ दरमा प्रोसेसिङ, योग्य आवेदकका लागि छात्रवृत्तिको व्यवस्था, विश्वविद्यालय र विषयहरूको विविध छनोटको विकल्प, बासस्थान र काम खोज्न सहयोग, स्वास्थ्य बिमाको सुविधा, द्रुत र सरल आवेदन प्रक्रिया, अन्तर्वार्ता तयारीको व्यवस्था आदि लङउडका विद्यार्थीले पाउने सुविधा हुन् । यो सँगै लङउडमा अन्तर्राष्ट्रिय स्तरमा तालिम प्राप्त र प्रमाणित काउन्सिलरले विद्यार्थीको शैक्षिक र आर्थिक स्तर अनुसारको कोर्समा विद्यार्थीलाई मार्गनिर्देश गर्ने गरेका छन्।

के छ विशेष आकर्षण ?
त्यसो त लङउडले आफ्नो संस्थाबाट विदेश अध्ययनका लागि आवेदन दिने विद्यार्थीको हरेक दिन विशेष बनाउने गरेको छ। त्यसबाहेक हाल क्यानडा र अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरूमा बढी केन्द्रित भएको संस्थाले त्यही किसिमको तयारी गरेको छ। एउटा विद्यार्थी कुनै पनि देशमा पढ्न भनेर पुगिसकेपछि उ सँग सिप, प्रमाणपत्र, करियर र पिआर चारवटै चिज हुनुपर्छ भन्ने मान्यताका साथ लङउड अगाडी बढेको छ। त्यसैले कुनै पनि देश जानुभन्दा अगाडी विद्यार्थीलाई उक्त देशको वास्तविक वस्तुस्थिति संस्थाले देखाइदिने गरेको छ। डकुमेन्ट लिँदा निश्चित वर्षको ग्याप स्वीकार गर्ने लङउडले भाषा परीक्षामा कम स्कोर भएका विद्यार्थीका लागि पनि विकल्प दिने गरेको छ। त्यस्तै विद्यार्थीको शैक्षिक, आर्थिक अवस्था अनुसारको परामर्श, पिआर केन्द्रित कोर्स छनोट र विद्यार्थीका दुबिधार अलमल चिर्ने किसिमको परामर्श लङउडका विद्यार्थीले पाउँछन्।

यो सँगै लङउडले हालै ‘मात्र एजुकेसन’ मार्फत घोषणा गरेको अफरमा अङ्ग्रेजी भाषा परीक्षाहरूको शुल्कमा ५०% छुट दिने घोषणा गरिएको छ। त्यस्तै पहिलो आउने २५ विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको प्याकेज दिने घोषणा समेत लङउडले गरेको छ। अस्ट्रेलिया र क्यानडा नेपाली विद्यार्थीले बढी रुचाएको गन्तव्य भएको र बोर्डर पनि भर्खरै खुलेको हुँदा संस्थाले यस्तो घोषणा गरेको हो।

छोटो समयमै गौरवपूर्ण इतिहास निर्माण गर्न सफल लङउड तपाईँका लागि उपयुक्त परामर्शदाता हुन सक्छ। तपाईँ पनि आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न चाहनुहुन्छ भने थुप्रै नेपाली विद्यार्थीहरूको सारथि बनिसकेको लङउडलाई रोज्न सक्नुहुन्छ। त्यसका लागि तपाईँ पुतलीसडकको पद्मोदयमोडमा रहेको लङउड इन्टरनेसनल एजुकेसन नेटवर्कको कार्यालय जान सक्नुहुन्छ। त्यस्तै यहाँ क्लिक गरेर लङउडको वेबसाइट र यहाँ क्लिक गरेर फेसबुक पेज सँग पनि जोडिन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड