Matra Education आइतबार, साउन १० २०८३

‘ड्रिम अन’ ले अस्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने

‘ड्रिम अन’ ले अस्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने

  • मात्र एजुकेशन
  • सोमबार, माघ ३ २०७८


काठमाडौँ- राजधानीको डिल्लीबजारमा रहेको ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलियन एजुकेसन फेयरको आयोजना गर्ने भएको छ। अस्ट्रेलिया जाने चाहना भएका विद्यार्थीहरूलाई उपयुक्त मार्गदर्शन दिनका लागि फेयरको आयोजना गरिएको हो। गुणस्तरीय शिक्षा, कोर्सको विभिन्नता, शिक्षा पछिको अवसर आदि विविध कारणले नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया आकर्षक गन्तव्यका रूपमा रहेको छ। अध्ययनका लागि उक्त देश जाने चाहना भएका विद्यार्थीहरूलाई अस्ट्रेलियाका विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिहरू ल्याएर उपयुक्त परामर्श दिने उद्देश्यले फेयरको आयोजना गरिएको ड्रिम अनका सञ्चालक भिम बहादुर थापा बताउँछन्।

ड्रिम अनको कार्यालय (डिल्लीबजार उकालो/डिल्लीबजार कन्या क्याम्पस नजिकै) मा आयोजना हुने उक्त फेयर जनवरी २८ तारिखका दिन बिहान ९ बजे पछि सुरु हुनेछ। नेपाल सरकारले तोकेको जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन हुनेछ भने एक सिफ्टमा १५ जना मात्रै सहभागी गराइनेछ। विद्यार्थीहरूले विश्वप्रसिद्ध अस्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधि सँग परामर्श लिनेछन् भने यो फेयर मै आफ्नो रुचिको शैक्षिक संस्थामा भर्ना हुने अवसर पनि पाउनेछन्।

के छ आकर्षण ?
त्यसो त आइएल्टिएस, पिटिई लगायतका भाषा कक्षामा गुणस्तरीयता र नतिजामा उत्कृष्टता प्रदर्शन गरेको ड्रिम अनले विद्यार्थीको हरेक दिन विशेष बनाउँछ। त्यस बाहेक एजुकेसन फेयरलाई अझै विशेष बनाउनका लागि उसले विभिन्न अफरहरूको समेत घोषणा गरेको छ। फेयरमा उपस्थित हुने विद्यार्थीले अस्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिबाट परामर्श सेवा तथा ‘स्पट एडमिसन’ सेवा प्राप्त गर्नेछन्। त्यस्तै आकर्षक पुरस्कार तथा गिफ्ट उपहारहरूको समेत व्यवस्था गरिएको छ। फेयरमा अझै रौनकता थप्नका लागि संस्थाले एक विशेष कार्डको व्यवस्था गरेको छ जसले भाषा कक्षामा शत प्रतिशत सम्म छुटको अवसर दिनेछ। निःशुल्क प्रवेशको अवसर पाइने ड्रिम अन एजुकेसन फेयरमा उपस्थित हुनका लागि तपाईँ यहाँ क्लिक गरेर फारम भर्न सक्नुहुन्छ ।

 

ड्रिम अनले विगत ८ वर्ष देखि अस्ट्रेलिया, अमेरिका, क्यानडा , युके आदि गन्तव्य जाने नेपाली विद्यार्थीहरूको सपना पुरा गर्दै आएको छ। हजारौँ नेपाली विद्यार्थीको भविष्यको सुन्दर मार्गचित्र कोर्न सारथि बनेको ड्रिम अनको बारेमा यहाँ क्लिक गरेर  थप जानकारी पाउन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड