काठमाडौँ- राजधानीको बागबजारमा रहेको सेन्ट जेभियर एजुकेसन नेटवर्कले क्यानडा विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । विविध कारणले नेपाली विद्यार्थीका लागि क्यानडा उपयुक्त गन्तव्य भएको र ती विद्यार्थीलाई सत्य-तथ्य प्राथमिक जानकारी गराउनका लागि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दुई प्रसिद्ध क्यानेडियन विश्वविद्यालयहरू “युनिभर्सिटी अफ वेस्ट क्यानडा” र नायग्रा कलेज अन्तर्गतको “स्कुल अफ टोरन्टोका” प्रतिनिधिहरूले विद्यार्थीका जिज्ञासा मेटाउने काम गरेका थिए । २ सिफ्टमा भएको कार्यक्रममा करिब ७० जना विद्यार्थीहरू सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूलाई क्यानेडियन शैक्षिक संस्थाका प्रतिनिधिहरूले ट्रेन्डलाई फलो गर्ने भन्दा पनि आफैँ अनुसन्धान गरेर के विषय पढ्ने र कहाँ पढ्ने लगायतका जानकारीहरू लिन सुझाव दिएका थिए। त्यस्तै उनीहरूले विभिन्न तत्त्वहरूले गर्दा क्यानडा अध्ययन गर्न उपयुक्त हुने बताएका थिए।
कार्यक्रममा दिइएको जानकारी अनुसार क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीले बढी रुचाएको एक प्रमुख गन्तव्यको रूपमा रहेको छ। विश्वविख्यात विश्वविद्यालय र उत्कृष्ट शैक्षिक प्रणालीका कारण यो देश रोजाइको शैक्षिक गन्तव्य बनेको छ । त्यस्तै हिमपात, आत्मीय जनताहरू, राष्ट्रिय निकुञ्ज र भूगोल, ‘स्की’ र ‘स्नो बोर्ड’ जस्ता खेलपर्यटन आदिले विश्वभरबाट आगन्तुकहरूलाई आकर्षित गर्छन् । शैक्षिक संस्थाहरूको गुणस्तर र त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने कोर्सका विभिन्नता, उपयुक्त वातावरण र शुल्कका कारण मात्रै यो देश रोजाइको बनेको नभई त्यहाँ उनीहरूले शिक्षा सँगै पाउने सिप र रोजगारीको सुनिश्चितताको उतिकै भूमिका रहेको छ। त्यस्तै अन्य देशहरूको तुलनामा कम शिक्षण शुल्क, कम दैनिक खर्च, राम्रो जीवनस्तर, आप्रवासनको लागी सम्भावित अवसर आदि पनि विद्यार्थीलाई आकर्षित गर्न सक्ने तत्त्वहरू हुन्।
कार्यक्रममा सेन्ट जेभियरबाट क्यानडा अध्ययन गर्न भिसा प्राप्त गरेका विद्यार्थी सञ्जय न्यौपानेले आफ्नो अनुभव उपस्थित विद्यार्थीहरूमाझ बाँडेका थिए। आफू पनि थुप्रै कन्सल्टेन्सी भौँतारिए पछि सेन्ट जेभियर आइपुगेको र छोटो समयमै स्तरीय सेवा र भिसा पाउन सफल भएको उनको भनाइ थियो। विशेष गरी १ दिनमै अफर लेटर दिएको र ‘डकुमेण्टेसनको’ झन्झटिलो प्रक्रियालाई सरल बनाइदिएकाले आफूले संस्थालाई सधैँ हार्दिकता पूर्वक सम्झिने र साथीहरूलाई समेत पठाउने उनले बताए।
अन्तर्क्रिया कार्यक्रमपछि मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै सेन्ट जेभियर एजुकेसन नेटवर्कका प्रबन्ध निर्देशक गगन बिस्टले कार्यक्रमको उद्देश्य पुरा भएको बताए। उनले भने, “पछिल्लो समय क्यानडाको भिसा रेट राम्रो छ, अन्य देशको तुलनामा सस्तो र राम्रो गन्तव्य भएका कारण विद्यार्थीहरू आकर्षित भए पनि उनीहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिति देखाउन जरुरी ठानेर हामीले यो कार्यक्रम राखेका थियौँ। यसबाट विद्यार्थीहरू अझै बढी जानकारी हासिल गर्न सफल भएका छन्” । यस्ता कार्यक्रमले विद्यार्थीलाई उचित निर्णय लिन पनि सहयोग गर्ने उनको भनाइ थियो।
सेन्ट जेभियर विशेष गरी अमेरिका, अस्ट्रेलिया, जापान, युके र क्यानडाका लागि काम गर्दै आएको परामर्श व्यवसायी हो। उच्च भिसा सफलता र गुणस्तरीय परामर्शका कारण स्थापित यो संस्थाको बारेमा थप जानकारी चाहनुहुन्छ भने यहाँ क्लिक गरेर पाउन सकिन्छ।
कार्यक्रमको फोटो फिचर हेर्नुहोस्:



















