काठमाडौँ- राजधानीको पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले शुक्रबार पाँचौँ वार्षिकोत्सव मनाएको छ। राइटपाथको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिच केक काटेर राइटपाथले आफ्नो स्थापना दिवस मनाएको हो। राइटपाथकि ब्रान्ड एम्बेस्डर तथा नायिका पूजा शर्माको विशेष आतिथ्यता तथा राइटपाथका कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। आफ्नो सफलताको गौरवपूर्ण पाँचौँ वर्ष पुरा गर्दै राइटपाथ छैटौँ वर्ष प्रवेश गरेको छ।

कार्यक्रममा बोल्दै राइटपाथका सिइओ फिलिप डिसीले आजसम्मको साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिए। गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारासहित स्थापित संस्थाले आजसम्म आफ्नो उद्देश्य अनुसारकै काम गरेको उनको भनाइ थियो। आफ्ना सबै शाखाहरूलाई यो सफलताको श्रेय दिँदै उनले भने, “राइटपाथ यो ठाउँ सम्म आइपुग्नुमा म अगाडी देखिए पनि मेरा लगनशील र मेहनती कर्मचारीहरूको ठुलो भूमिका छ। त्यस्तै देशका विभिन्न भागमा रहेका शाखाहरूको अथक प्रयासका कारण हामी यो स्थानमा आइपुगेका हौँ। आजसम्म धेरै नेपाली विद्यार्थीलाई उनीहरूको रोजाइको गन्तव्य पुर्याइरहँदा अभिभावक र विद्यार्थीले हामीलाई देखाउनुभएको विश्वास र माया प्रति म आभारी छु “। कोभिडको चुनौतीमा पनि निरन्तर काम गरेको भन्दै उनले आफूहरू सामान्य अवस्थामा फर्किन प्रयासरत रहेको पनि बताए। वार्षिकोत्सवको अवसरमा राइटपाथले विद्यार्थीका लागि घोषणा गरेको विशेष अफर बारे फेसबुक पेजबाट जानकारी लिएर अधिकतम लाभ उठाउन पनि उनले आग्रह गरे।
त्यस्तै राइटपाथकि ब्रान्ड एम्बेस्डर तथा नायिका पूजा शर्माले छैटौँ वर्ष प्रवेश गरेकोमा राइटपाथलाई बधाई दिँदै अझै धेरै वार्षिकोत्सव मनाउने चाहना व्यक्त गरिन्। जस्तोसुकै कठिन परिस्थितिमा पनि राइटपाथ नरोकिएको स्मरण गर्दै आगामी वार्षिकोत्सवहरू अझै भव्य तरिकाले मनाइने बताइन्। कोरोनाको त्रास कायमै रहेको कारण राइटपाथले ठुलो कार्यक्रम नगरी आफ्नो स्थापना दिवस मनाएको थियो।

के छ त नयाँ अफर ?
आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर राइटपाथले विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि दुई नयाँ अफरहरूको घोषणा गरेको छ। पहिलो अफर अन्तर्गत विद्यार्थीले राइटनाथको अफिसियल फेसबुक पेज लाइक गर्ने, (यहाँ क्लिक गरेर गर्न सकिन्छ), दिइएको यो फर्म भर्ने, तिनजना साथीहरूलाई ट्याग गर्ने र पेजमा रहेको अफरको पोस्टलाई सेयर गर्ने गर्नुपर्नेछ। यसो गर्दा विद्यार्थीले आइएलटिएस भाषा तयारी गर्दा शत प्रतिशत सम्म छात्रवृत्ति पाउनेछन्। यो अफर १ हप्ताका लागि मान्य हुनेछ। त्यस्तै दोस्रो अफरमा पहिलो आउने १०० विद्यार्थीहरू मध्येबाट २५ जनालाई शत प्रतिशत निःशुल्क भाषा कक्षा तयारी, ३५ जनालाई ७५% छुटमा र ४० जनालाई ५०% छुटमा भाषा कक्षा तयारी गराउने घोषणा गरिएको छ।
राइटपाथलाई यसरी चिन्नुहोस्:
६ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ आज परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ । विशेषतः क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, अमेरिका आदि गन्तव्य अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई उसले सेवा प्रदान गर्दै आएको छ। काठमाडौँ सहित देशका प्रमुख सहरहरू चितवन, हेटौँडा, बुटवल र दाङमा शाखा रहेको राइटपाथले गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने उद्देश्य बोकेको छ। राइटपाथ करियर काउन्सिलिङले स्तरीय भाषा कक्षा, निःशुल्क र गुणस्तरीय परामर्श सेवा, भिसा र डकुमेण्टेसन प्रक्रियामा सहयोग, अन्तर्वार्ता तयारी, यात्राअघिको मार्गनिर्देश र निःशुल्क आवेदन गर्ने काम गर्छ । विद्यार्थीको सुविधाका लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको राइटपाथले विद्यार्थीले सिधै विषय विज्ञसँग कुरा गरेर आफ्नो विषय बारे बुझ्न सक्ने व्यवस्था पनि गरेको छ।
सफलताको पाँचौँ वर्ष पार गर्दै गर्दा उच्च भिसा सफलता र विश्वसनीयता सहितको पहिचान राइटपाथले बनाएको छ।
