काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता सङ्गठन (अपेन) र इम्प्रेसिभ मिडिया प्रा.लि. द्वारा सञ्चालित मात्र एजुकेसन डट कम बिच सहकार्य गर्ने सम्झौता भएको छ। शुक्रबार नेपाल पर्यटन बोर्डको हल, भृकुटीमण्डपमा अपेनका केन्द्रीय सचिव उमानाथ निरौला र इम्प्रेसिभ मिडिया प्रा.लि.का अध्यक्ष रमेश लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै साटासाट गरे सँगै मात्र एजुकेसन अपेनको अफिसियल मिडिया पार्टनर बनेको हो ।
सम्झौता पत्रमा एक आपसमा सहयोग र सहकार्य गर्दै अघि बढ्ने, अपेनका गतिविधिहरूलाई मात्र एजुकेसन मार्फत जनता सामु पुर्याउने, अपेनले गर्ने हरेक कार्यक्रमको ब्यानरमा अफिसियल मिडिया पार्टनरका रूपमा मात्र एजुकेसनको लोगो राख्ने, अपेन सदस्यहरूका गतिविधि प्रचार प्रसारमा समेत सहयोग गर्ने, सदस्यहरूले मिडिया सँग व्यवसायिक काम गर्दा मात्र एजुकेसनलाई पहिलो प्राथमिकता दिने र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने लगायतका बुँदाहरू उल्लेख छन्।
अपेनका सचिव उमानाथ निरौलाले यो साझेदारीले अपेनलाई अझै सशक्त बनाउने आफूहरूको अभियानलाई सहयोग पुग्ने प्रतिक्रिया दिए। “विगत देखि नै निरन्तर हाम्रा गतिविधिहरूलाई प्रकाशन/प्रसारण गर्दै आएको मात्र एजुकेसनलाई आधिकारिक रूपमै स्वागत गर्न पाउँदा म र सिङ्गो अपेन टिम हर्षित छ। यो साझेदारीले दुवैलाई सहयोग पुग्नेछ भन्ने विश्वास मैले लिएको छु” उनले भने। मन्टेश्वरी तथा प्रि स्कुलहरूको समस्या र चुनौतीहरूलाई सम्बन्धित निकायमा पुर्याउन पनि अब अझै बढी सजिलो हुने उनको भनाइ छ ।
अपेनका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा भएको सम्झौता पछिको सामूहिक तस्बिरहरू हेर्नुहोस्।

