(मात्र एजुकेसनले विगत केही समयअघि देखि विश्वका विभिन्न देश पढ्न जाने नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले अब्रोड स्टडी स्तम्भको सुरुवात गरेको छ। उक्त स्तम्भ अन्तर्गत हामीले भरपर्दो, विश्वसनीय र गुणस्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्ने उत्कृष्ट परामर्श व्यवसायीका बारे तपाईँलाई जानकारी गराउँदै आएका छौँ । यो सामग्री त्यसैको निरन्तरता हो)
काठमाडौँ- विदेश अध्ययन भन्ने बित्तिकै भाषा शिक्षाको कुरा अगाडी आउँछ। विश्वका विभिन्न देशहरूले आफ्नो देशमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषाको ज्ञान अनिवार्य गरेका छन्। भाषा पढ्ने ठाउँ र त्यहाँको सिकाइ उत्कृष्ट नहुन्जेल अपेक्षित नतिजा प्राप्त गर्न कठिन हुन्छ। नेपाली विद्यार्थीहरू बेला बेलामा भाषा कक्षा र गुणस्तरीय परामर्श एकैठाउँमा नपाइने हुँदा भौतारिन परेको गुनासो गर्छन्। आज ‘मात्र एजुकेसन’ ले त्यसैको समाधान बन्न सक्ने एक कन्सल्टेन्सीका बारे तपाईँलाई जानकारी दिँदै छ।
काठमाडौँको पुतलीसडकमा रहेको सायोन इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले भाषा शिक्षामा उत्कृष्टता र परामर्शमा गुणस्तरीयता कायम गर्दै आएको छ। यी दुई विशेषता कै कारण स्थापनाको ७ वर्ष पार गर्दै गर्दा नै उसले सफलताको यात्रा तय गरेको छ। सायोनमा भाषा कक्षा लिएका तथा भिसा प्राप्त गरेका विद्यार्थीहरू सायोनले आफ्नो विदेश अध्ययनको सपनालाई साकार गरिदिएको र जटिल प्रक्रियालाई सहज बनाइदिएको धारणा राख्छन्। खासगरि छुट्टै सिकाइ केन्द्र (लर्निङ्ग सेन्टर) विकास गरेको सायोनले भाषा शिक्षणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त र अनुभवी प्रशिक्षकको व्यवस्था गरेको छ। आइएल्टिएस, पिटिई, ओइटि, ड्युलिंगो, फ्रेन्च, कोरियन, इटालियन लगायतका भाषाका लागि संस्थाले छुट्टाछुट्टै प्रशिक्षकहरूको व्यवस्था गरेको छ। त्यस्तै फ्रेन्च भाषाका लागि ‘नेटिभ स्पिकर’ कै व्यवस्था गरिएको छ।

त्यसबाहेक सायोनको भाषा कक्षाको अर्को विशेषता नियमित मक टेस्ट हो। विद्यार्थीलाई कक्षामा पढाएर मात्रै हुँदैन, उनीहरूलाई परीक्षा प्रणाली सँग अभ्यस्त बनाउँदै तयारी गराउनुपर्छ भन्ने बुझेको सायोन व्यवस्थापनले हरेक हप्ता निःशुल्क मक टेस्टको व्यवस्था गरेको छ। उपयुक्त शुल्कमा दक्ष प्रशिक्षक बाट भाषा शिक्षण गराउनका लागि पूर्ण सुविधा सहितको डिजिटल कक्षाकोठाको व्यवस्था पनि सायोनमा गरिएको छ। त्यस्तै पिटिई पढ्ने विद्यार्थीको लागि संस्थाले छुट्टै प्लेटफर्मको व्यवस्था गरेको छ जहाँ विद्यार्थीले निःशुल्क रूपमा लगइन गरेर परीक्षाका लागि अभ्यास गर्न सक्छन्। यिनै विशेषताहरूका कारण सायोनका विद्यार्थीले भाषा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन्।

आज सायोन जसरी भाषा अध्ययन गर्ने विद्यार्थीको पहिलो रोजाइ बनेको छ त्यसरी नै उनीहरूको परामर्श सारथि पनि बन्न सफल भएको छ। सायोनको दक्ष र अनुभवी टोली विद्यार्थीको मार्गदर्शनका लागि हर क्षण तयार रहने गरेको छ। त्यसैले त स्थापनाकालमा अस्ट्रेलिया बाट सुरु गरेको सायोन आज अस्ट्रेलिया सहित अमेरिका, क्यानडा, न्युजिल्याण्ड, युरोप र दक्षिण कोरिया जाने विद्यार्थीलाई उनीहरूको गन्तव्यमा पुर्याउन निरन्तर क्रियाशील छ। सायोनको आफ्नो केही भिन्न विशेषताका कारण अरूभन्दा फरक रहेको यसका सञ्चालक सुधीर राज खड्का बताउँछन्। उनका अनुसार सायोनले विद्यार्थीलाई उनीहरूको शैक्षिक र आर्थिक स्तर हेरेर सोहीअनुसारको उपयुक्त विषयका लागि विदेश पठाउने गरेको छ। त्यस्तै सायोनले कोर्स र शैक्षिक संस्था छनोटको ठुलो विकल्प विद्यार्थीलाई दिने गरेको छ भने न्यूनतम शुल्कमा आवेदन प्रक्रिया सञ्चालन गरिरहेको छ। त्यसबाहेक क्यु.इ.ए.सि. बाट प्रमाणित काउन्सिलर, डकुमेण्टेसनमा सहयोग, निःशुल्क परामर्श,जानु अघिको मार्गदर्शन, द्रुत र सरल आवेदन प्रक्रिया र अन्तर्वार्ता तयारी आदि सुविधा पनि सायोनले आफ्ना विद्यार्थीलाई प्रदान गर्दछ।

विशेष के छ त ?
त्यसो त माथि उल्लिखित सबै सुविधाहरू सायोनले आफ्ना विद्यार्थीका लागि दिएको विशेष सुविधा हो। त्यसबाहेक उसले अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि थप सुविधा दिने जनाएको छ। सायोनले हालै ‘मात्र एजुकेसन’ मार्फत घोषणा गरेको अफरमा अङ्ग्रेजी भाषा परीक्षाहरूको शुल्कमा शत प्रतिशत क्यासब्याक दिने घोषणा गरेको छ। यो अफर अन्तर्गत विद्यार्थीले आइएल्टिएस, पिटिई, ड्युलिंगो आदि भाषा तयारी गर्दा तिरेको शुल्क सायोन बाट प्रोसेसिङ गरेको खण्डमा पुरै फिर्ता पाउने घोषणा गरिएको छ। अस्ट्रेलिया नेपाली विद्यार्थीले बढी रुचाएको गन्तव्य भएको र बोर्डर पनि भर्खरै खुलेको हुँदा सायोनले यस्तो घोषणा गरेको हो।

छोटो समयमै गौरवपूर्ण इतिहास निर्माण गर्न सफल सायोन तपाईँका लागि उपयुक्त परामर्शदाता हुन सक्छ। सायोनका सञ्चालक खड्का आफैँ युके ग्र्याजुएट हुन्। परामर्श क्षेत्रमा लामो अनुभव बटुलिसकेका उनले करिब ३० देशको भ्रमण गरिसकेका छन् भने त्यहाँको शैक्षिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्ष सँग राम्रो सँग परिचित छन्। विभिन्न देशमा हुने शैक्षिक सेमिनारहरूमा समेत सहभागिता जनाइसकेका उनी आफ्नो यो अनुभवले विद्यार्थीलाई विदेश अध्ययन बारे बुझाउन अझै सजिलो हुने धारणा राख्छन्। त्यस्तै परामर्श व्यवसायीहरूको छाता सङ्गठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (फेकन) का कार्यसमिति सदस्य तथा दक्षिण कोरिया विभाग प्रमुख भएकाले पनि उनले गुणस्तरीय परामर्श सेवा प्रदान गर्नेमा शङ्का छैन। यसरी भाषा कक्षा र परामर्श सेवा दुवैमा आफूलाई अब्बल साबित गरेको सायोन बाट तपाईँ आफ्नो विदेश अध्ययन गर्ने सपना पुरा गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर सायोनको वेबसाइट र यहाँ क्लिक गरेर सायोनको फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।