Matra Education आइतबार, साउन १० २०८३

होस्टलेको बाथरुममा विद्यार्थीको मृत्यु, कलेजको लापरबाही भन्दै विद्यार्थी आन्दोलित

होस्टलेको बाथरुममा विद्यार्थीको मृत्यु, कलेजको लापरबाही भन्दै विद्यार्थी आन्दोलित

  • मात्र एजुकेशन
  • मंगलबार, पौस ६ २०७८


काठमाडौँ – काठमाडौँ मोडेल कलेज केएमसी बागबजारमा नुहाउने क्रममा एक विद्यार्थीको निधन भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। मङ्गलवार रौतहट गढीमाई–९ का सुशील शहानी नामका १८ वर्षीय विद्यार्थी होस्टेलको बाथरुममा बेहोस अवस्थामा फेला परेका थिए । कक्षा १२ मा अध्ययनरत उनी नुहाउने क्रममा बेहोस भएपछि काठमाडौँ मोडेल अस्पताल पुर्‍याइएको थियो। तर अस्पतालले उनलाई बचाउन सकेन।

ग्यास गिजरमा समस्या आएका कारण निसास्सिएर र उचित भेन्टिलेसनको अभावमा उनको मृत्यु भएको बताइएको छ। कलेज व्यवस्थापनको लापरबाहीले साथी गुमाउनुपरेको भन्दै विद्यार्थीले कलेज परिसरमा न्यायको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

जाडो मौसममा प्रयोग गरिने हिटर र गिजर जस्ता उपकरणहरूले निसासिन सक्छ, त्यसैले यी उपकरणहरू राम्रोसँग हावा चलेको अवस्थामा मात्र प्रयोग गर्नुपर्छ। अन्यथा, यसले यस्ता किसिमका दुर्घटनाहरू निम्त्याउन सक्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड