काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा लिएको लामो समयपछि बि.एड तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ।
२०७७ सालको फागुन महिनामा भएको ४ वर्षे बि.एड तेस्रो वर्षको नतिजा प्रकाशित भएको हो।
यसअघि परीक्षा दिएको लामो समय बितिसक्दा पनि नतिजा दिन नसकेकाले त्रिविले विद्यार्थीलाई अन्योलमा राखेको र प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएको थियो ।
नतिजा हेर्नका लागि 4BD लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरि ३३६२४ मा एसएमएस पठाएर वा वेबसाइट मार्फत www.tuexam.edu.np मा गएर हेर्न सकिन्छ।
मात्र एजुकेसनले नतिजा ढिलो भएको सम्बन्धी समाचार र भिडियो मार्फत खबरदारी गरेको थियो। तपाईँ यहाँ क्लिक गरेर उक्त समाचार पढ्न र यहाँ क्लिक गरेर भिडियो हेर्न सक्नुहुन्छ।