Matra Education आइतबार, साउन १० २०८३

भर्खरै १२ पास गरेका नेपाली विद्यार्थीलाई राइटपाथले दियो खुसीको खबर

भर्खरै १२ पास गरेका नेपाली विद्यार्थीलाई राइटपाथले दियो खुसीको खबर

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर २१ २०७८


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरे सँगै विद्यार्थीहरू आफ्नो अघिल्लो शैक्षिक गन्तव्य छनोटको तयारीमा छन्। खासगरी प्लस टु पछिको अध्ययनले व्यक्तिको त्यसपछिको भविष्यको मार्गचित्र कोर्ने हुँदा पनि यो छनोट महत्त्वपूर्ण हुन्छ। यति बेला १२ पास गरेका करिब ३ लाख ३८ हजार विद्यार्थीहरूले यो महत्त्वपूर्ण निर्णय लिँदै गर्दा उनीहरूका लागि एउटा खुसीको खबर प्राप्त भएको छ।

पछिल्लो समय देशमा आफ्नो भविष्य नदेखेर होस् वा अन्तर्राष्ट्रिय स्तरको डिग्री प्राप्त गर्ने उद्देश्यले होस् , विदेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको छ। यो परिस्थितिमा काठमाडौँको पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले भर्खरै १२ पास गरेका नेपाली विद्यार्थीका लागि विभिन्न आकर्षक अफरहरू सहितको प्याकेज घोषणा गरेको छ। विशेषतः आइएल्टियस पढ्ने विद्यार्थीका लागि उसले तुरुन्तै ३००० क्यास ब्याक दिने घोषणा गरेको छ । यो एउटा रिफर एण्ड अर्न पोलिसी हो जसअन्तर्गत भाषा पढ्ने एउटा विद्यार्थीले अर्को विद्यार्थीलाई रिफर गरेबापत ३००० क्यासब्याक पाउँछन्। यस बाहेक राइटपाथमा भाषा अध्ययन गर्ने विद्यार्थीले लामो समयदेखि अनुभव हासिल गरेका दक्ष प्रशिक्षकहरू बाट भाषा सिक्दै उत्कृष्ट नतिजा प्राप्त गर्ने अवसर पाउँछन् । अर्को आकर्षणका रूपमा विद्यार्थीले निःशुल्क काउन्सिलिङ र निःशुल्क आवेदन दिने सुविधा पनि राइटपाथमा पाउँछन् ।

काठमाडौँ सहित देशका प्रमुख सहरहरू चितवन, हेटौँडा, बुटवल र दाङमा रहेका राइटपाथका शाखाहरूमा समेत यो अफर लागू हुने राइटपाथका सिइओ फिलिप डिसी बताउँछन् । राइटपाथ बाट आफ्नो विदेश अध्ययनको लागि आवेदन दिने विद्यार्थीले ऊसँग रहेका थुप्रै शैक्षिक संस्थाहरूबाट विभिन्न कलेज तथा विश्वविद्यालय छनोट गर्न सक्छन् । राइटपाथले उच्च वर्गीय, मध्यम वर्गीय र कम शुल्क लाग्ने तिनै किसिमका कलेज तथा विश्वविद्यालयको विकल्प विद्यार्थीलाई प्रदान गर्दछ।

युकेका लागि स्थापित शैक्षिक परामर्श संस्था बनेको राइटपाथले अस्ट्रेलियाको लागि झनै विशेष सुविधा विद्यार्थीलाई दिने गरेको छ। धेरै नेपाली विद्यार्थी मध्यम वर्गीय परिवारबाट हुने हुँदा राइटपाथले एक वर्षको लगभग १० लाख नेपाली रुपैयाँमै अस्ट्रेलिया अध्ययनको अवसर दिने गरेको छ । आर्थिक अभावकै कारण अन्तर्राष्ट्रिय स्तरको डिग्री प्राप्त गर्ने सपना त्याग्न बाध्य नेपाली विद्यार्थीलाई यो एउटा ठुलो राहत हुनसक्छ। त्यस्तै आईइएल्टिएस मा ५.५ ब्यान्ड ल्याएको र प्लस टु मा २.४ जिपिए भन्दा माथि प्राप्ताङ्क भएको विद्यार्थीको डकुमेन्ट राइटपाथले लिने गरेको छ ।

कोभिड १९ र लकडाउनका कारण धेरै परामर्श व्यवसाय बन्द रहँदा राइटपाथ भने वैकल्पिक माध्यम बाट काम गर्नतिर लागेको सिइओ डिसी बताउँछन् । अवस्था केही सहज भएपछि युकेको काम सुरु गरेको राइटपाथले कोभिडपछि युकेको शत प्रतिशत भिसा लगायो । त्यस्तै सोही समयमा क्यानडाको उच्च भिसा सफलता दर सहित काम गर्न सफल भएको उनको भनाइ छ ।

६ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ आज परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ । विशेषतः क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, अमेरिका आदि गन्तव्य अध्ययन गर्न जाने नेपाली विद्यार्थीको रोजाइ बनेको राइटपाथले बन्दाबन्दीको अवस्थामा पनि काम गरेर भिसा लगाएको छ । बोर्डर र हवाईमार्ग खुल्नासाथ जान तयार विद्यार्थीहरू राइटपाथ सँग काम गर्नु आफ्नो जीवनका केही राम्रा निर्णयहरू मध्य एक भएको बताउँछन् ।

गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारासहित स्थापित राइटपाथ करियर काउन्सिलिङले माथि उल्लिखित सेवाका अलावा भिसा र डकुमेण्टेसन प्रक्रियामा सहयोग, अन्तर्वार्ता तयारी, यात्राअघिको मार्गनिर्देश गर्ने काम पनि गर्दछ। विद्यार्थीको सुविधाका लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था पनि मिलाइएको छ भने विद्यार्थीले सिधै विषय विज्ञसँग कुरा गरेर आफ्नो विषय बारे बुझ्न सक्ने व्यवस्था पनि गरिएको छ।

तपाईँ पनि विदेश अध्ययन गर्ने सोचमा हुनुहुन्छ र विश्वासिलो भाषा कक्षा तथा परामर्शदाताको खोजीमा हुनुहुन्छ भने राइटपाथ तपाईँका लागि सर्वोत्कृष्ट छनोट हुनसक्छ। थप जानकारीका लागि यहाँ क्लिक  गरेर राइटपाथको वेबसाइट हेर्नुहोस् वा यहाँ क्लिक  गरेर राइटपाथको फेसबुक पेजसँग जोडिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड