Matra Education आइतबार, साउन १० २०८३

बोर्डर खुल्नासाथ ईक्यानको पत्रकार सम्मेलन, अस्ट्रेलिया जान यी मापदण्ड पुरा हुनुपर्ने

बोर्डर खुल्नासाथ ईक्यानको पत्रकार सम्मेलन, अस्ट्रेलिया जान यी मापदण्ड पुरा हुनुपर्ने

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर ७ २०७८


काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले जापान र अस्ट्रेलियाको बोर्डर खुल्ला सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न गरेको छ । मंगलबार राजधानीको हार्दिक होटलमा आयोजित उक्त सम्मेलन कोरोनाका कारण बिथोलिएको शैक्षिक परामर्श व्यवसाय र यसको पछिल्लो अवस्थामा केन्द्रित थियो। केही दिन अघि मात्रै अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने निर्णय गरेको र जापान सरकारले यसअघि नै बोर्डर खोलिसकेकाले अब विदेश अध्ययन गर्न जाने तयारी गरिरहेकालाई सहजीकरण गर्न र व्यवसायलाई पुरानै लयमा फर्काउन व्यवसायीहरू तत्पर रहेको सन्देश इक्यानले दिएको छ।

ईक्यानका सदस्य परामर्श व्यवसायीहरू, पुर्व पदाधिकारीहरू तथा पत्रकारहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता ईक्यान अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए। कार्यक्रममा शैक्षिक परामर्श व्यवसायले कोरोनाको समयमा झेलेको समस्या, विद्यार्थीका समस्या र छाता संगठनको रूपमा विद्यार्थीका समस्या समाधान गर्न इक्यानले खेलेको भूमिकाबारे प्रश्नोत्तर भएको थियो। पत्रकारहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै ईक्यान पदाधिकारीहरूले विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको मुलुकमा जानका लागि तिरेको पैसा बापत गुणस्तरीय सेवा पाउन् र उनीहरूको भविष्य सुनिश्चित होस् भन्नेमा आफूहरू सधैँ सजग रहेको बताए।

कहिले जान पाइन्छ अस्ट्रेलिया र कस्तो छ मापदण्ड ?
ई क्यान अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियाले डिसेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने निर्णय गरेको भन्ने समाचारबारे पनि कतिपयलाई भ्रम रहेको र उक्त भ्रम चिर्नकै लागि पत्रकार सम्मेलन आयोजना गरिएको बताए। उनका अनुसार ए.सी.टी, न्यु साउथ वेल्स र भिक्टोरिया राज्यले मात्रै हालका लागि क्वारेनटिन नबसी यात्रा गर्न सकिने अनुमति दिएका छन्। इक्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अस्ट्रेलियन सरकारले मान्यता प्रदान गरेको खोपको पूर्ण मात्रा प्राप्त गरेका नागरिकहरू मात्रै यात्रा गर्नका लागि योग्य हुनेछन्। त्यस्तै आफूले यात्रा गर्न चाहेको कुनै पनि राज्य वा क्षेत्रमा क्वारेण्टिनको व्यवस्थाबारे आफैँ स्वयम् सचेत भएर अघि बढ्न इक्यानले सुझाव दिएको छ।

प्रेस विज्ञप्तिमा महामारी पछि खुलेको जापान पठाउँदा पनि विभिन्न समस्या आएको र ती समस्या समाधान कै प्रयासमा ईक्यान रहँदा अस्ट्रेलिया र अन्य गन्तव्यमा ती समस्या नआउन् भनेर सचेत भएर काम गरिरहेको बताइएको छ।

थप जानकारीका लागि तलको विज्ञप्ति हेर्नुहोस्:

ecan bigyapti

(तपाइले मात्र एजुकेसनले तयार पारेको विशेष पोस्ट कोभिड अब्रोड स्टडी भिडियो रिपोर्ट हेर्नुभएको छैन भने यहाँ क्लिक गरेर  हेर्न सक्नुहुन्छ।)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड