Matra Education आइतबार, साउन १० २०८३

अपेन गोकर्णेश्वरमा अधिकारीको नेतृत्व, सबैलाई समेट्ने प्रतिबद्धता

अपेन गोकर्णेश्वरमा अधिकारीको नेतृत्व, सबैलाई समेट्ने प्रतिबद्धता

  • मात्र एजुकेशन
  • शनिबार, मंसिर ४ २०७८


काठमाडौँ-  मन्टेश्वरी तथा प्रि- स्कुलहरुको छाता संगठन (अपेन) को गोकर्णेश्वर नगर समिति गठन भएको छ। शनिबार राजधानीको बौद्ध स्थित ए-वान क्याफेमा आयोजित एक कार्यक्रमका बिच नगरपालिका भित्रका सम्पूर्ण प्रि स्कुलहरूलाई समेट्दै समिति गठन भएको हो। अपेन केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक कृष्ण कुमार बोहोराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता शुभकामना मन्टेश्वरीका सञ्चालक प्रकाश अधिकारीले गरेका थिए।

करिब २० वटा मन्टेश्वरी स्कुलका सञ्चालक तथा प्रतिनिधि सम्मिलित भेलाले प्रकाश अधिकारीलाई गोकर्णेश्वर नगर समितिको संयोजक चुनेको छ। त्यस्तै भावना भट्टले उपाध्यक्ष र लक्ष्मी पुडासैनीले सचिवको जिम्मेवारी पाउँदा शुष्मा ठकुरी कोषाध्यक्ष बनेकी छिन्। भेलाले सन्तोष श्रेष्ठ लाई सहसचिव, प्रतिमा श्रेष्ठ लाई सदस्य र रबिन गिरी लाई सल्लाहकार चुनेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहोराले मन्टेश्वरी तथा प्रि-स्कुलहरु लाई एकीकृत गर्दै अझै सशक्त बनाउने अपेन केन्द्रीय समितिको निर्णय अनुसार गोकर्णेश्वर नगर समिति निर्माण गरिएको बताए। नव निर्वाचित समितिलाई बधाई दिँदै गोकर्णेश्वर भित्रका सम्पूर्ण सदस्य विद्यालयहरू लाई क्रियाशील बनाउन समिति सफल हुने विश्वास आफूले लिएको उनको भनाइ थियो।

नवनिर्वाचित अध्यक्ष अधिकारीले आफूले सधैँ नगरपालिका भित्रका मन्टेश्वरी स्कुलहरूको समस्यालाई अपेन केन्द्रीय समिति र त्यसमार्फत सम्बन्धित निकायमा पुर्‍याउन प्रयास गर्ने बताए। मात्र एजुकेसनलाई छोटो प्रतिक्रिया दिँदै उनले सबै सदस्यले अपनत्व ग्रहण गर्न सक्ने अपेन बनाउन आफू केन्द्रित हुने र संस्थाको हितमा सधैँ क्रियाशील हुने बताए।

अपेनले पछिल्लो समय विभिन्न कार्यक्रमहरु गर्दै स-साना बालबालिकाको प्रतिभा विकास र प्रोत्साहन गर्ने, शिक्षक कर्मचारीलाई सम्मान गर्ने आदि विभिन्न गतिविधिहरू गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड