काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समयमै विद्यार्थीको हातमा किताब पुर्याउन निर्देशन दिएका छन्। शुक्रवार सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। शिक्षा मन्त्रीका प्रेस सल्लाहकार बिमल खड्काले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै उक्त जानकारी दिएका छन्।
शैक्षिक सत्र सुरु भएर सकिन लाग्दा पनि विद्यार्थीले किताब नपाउने समस्या बाट बारम्बार नेपाली विद्यार्थी गुज्रिरहेका छन्। यदि उनको निर्देशन कार्यान्वयन भएमा शैक्षिक गुणस्तर सुधारका लागि केही सहयोग पक्कै हुनेछ।
हिजोआज मन्त्री पौडेलको सक्रियता बढ्दो छ। उनले विभिन्न ठाउँमा अनुगमन, भ्रमण, छलफल जारी राखेका छन्। यदि दिइएको निर्देशन पालना भएको छ छैन र हाम्रो शिक्षा क्षेत्र कसरी चलेको छ भन्नेमा पनि उनले चासो दिए भने देउवा सरकारका सर्वाधिक आस गरिएका मध्यका एक यी मन्त्रीले परिणाम समेत निस्कने गरी काम गर्न सक्ने देखिन्छ।