Matra Education आइतबार, साउन १० २०८३

युनेस्कोमा यी विषयहरु उठाएर स्वदेश फर्किए शिक्षामन्त्री

युनेस्कोमा यी विषयहरु उठाएर स्वदेश फर्किए शिक्षामन्त्री

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर २ २०७८


काठमाडौं – युनेस्कोको ४१ औं महासभामा भाग लिएर शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फर्किएका छन् । नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

मन्त्री पौडेलले महासभामा नेपालले महामारीको समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको विषयमा सम्बोधन गरेका थिए। त्यस्तै उनले नेपालको शिक्षा अभिवृद्धि गर्न युनेस्कोलगायतको संस्थाहरूलाई लगानी गर्न आग्रह पनि गरेका थिए ।

फ्रान्स बसाइका क्रममा उनी नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा समेत सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड