Matra Education आइतबार, साउन १० २०८३

शिक्षक कर्मचारीको माग सम्बोधन, पुरा तलब दिनेमा थपियो अर्को पालिका

शिक्षक कर्मचारीको माग सम्बोधन, पुरा तलब दिनेमा थपियो अर्को पालिका

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर २ २०७८


काठमाडौँ – सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब स्थानीय तहले निकासा नगरेको भन्दै देशका विभिन्न भागमा आन्दोलन र विरोध भइरहेको छ।

सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरू आन्दोलित भएका हुन् । ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ।

यस विषयमा शिक्षा मन्त्रालयले पनि चासो व्यक्त गरेको भनिए पनि ठोस निर्देशन आउन सकेको छैन । यसरी देशभर आन्दोलन भइरहँदा केही स्थानीय तहले थपेर पुरा तलब दिएका छन् भने कहिले आंशिक त केहीले पुरै बेवास्ता पनि गरेका छन् ।

यस्तो अवस्थामा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले भने बजेटले व्यवस्था गरे अनुसारकै तलब ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई दिएको छ । संघिय सरकारले बढाएको तलब देशका अधिकांश पालिकाले दिएको भन्दै यसअघि शिक्षक कर्मचारीहरूले पालिकाको ध्यानाकर्षण गराएका थिए। पुरा तलब पाएपछि ईसीडी शिक्षक र विद्यालय कर्मचारी खुसी हुँदै थप ऊर्जाका साथ काममा फर्किएका छन्। फाइल तस्बिर

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड