काठमाडौँ – ट्युसन पढ्न जाने क्रममा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका २१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी पक्राउ परेका हुन ।
किशोरी ट्युसन पढ्न जाने क्रममा कार्तिक ९ गते बिहान उनीहरुले बाटो ढुकी जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।