Matra Education आइतबार, साउन १० २०८३

मेलम्ची नगरपालिकाले गर्‍यो निर्णय कार्यान्वयन , ईसिडि शिक्षकले १५००० पाउने

मेलम्ची नगरपालिकाले गर्‍यो निर्णय कार्यान्वयन , ईसिडि शिक्षकले १५००० पाउने

  • मात्र एजुकेशन
  • मंगलबार, असोज १९ २०७८


काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। सरकारले प्रतिस्थापन बजेटमार्फत थप गरेको तलब नदिएको भन्दै देशभर आन्दोलन भइरहँदा मेलम्ची नगरपालिका भित्रका शिक्षक कर्मचारीले पनि ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका थिए।

यसअघि बजेटमार्फत सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरिएको थियो।

आज मेलम्ची नगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै नगर शिक्षा समितिको २०७८/०६/ १९ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०७८/७९ देखि नयाँ तलबमान लागु हुने घोषणा गरेको हो। सङ्घीय सरकारले दिने ८००० तलबमा नगरपालिकाले ७००० थप गरी प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक)को तलब १५००० पुर्याएको छ। त्यस्तै सरकारले दिएको १३५०० तलबमा नगरपालिकाले ३५०० थप गर्दै १७००० पुर्याएको छ। नगरपालिकाले आफूले नियुक्त गरेका ईसीडी शिक्षक र यसअघि देखि नै काम गर्दै आएका विद्यालय कर्मचारीको पनि नयाँ तलब स्केल सार्वजनिक गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड