काठमाडौँ – नेपाल शिक्षक महासंघले पाँचौँ चरणको आन्दोलन अन्तर्गतका सबै सडक आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ । असोज १४ गतेबाट दसैँ तिहार छठ लगायतका चाडहरूको अवधिसम्म तोकिएको सबै सडक आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
बुधवार एक विज्ञप्ति जारी गर्दे विद्यालयहरूमा विद्यार्थीका परीक्षाका कार्यक्रमहरू सञ्चालन भइरहेका तथा महान् चाडहरूको आगमनको परिस्थितिले सडक आन्दोलन गर्ने सही समय नभएको त्यस्ता कार्यक्रम हाल सञ्चालन नगर्न विभिन्न शैक्षिक सरोकार समूहहरूबाट आएको अनुरोधलाई दृष्टिगत गरी हाललाई स्थगित गरेको जनाएको छ ।
साथै २०७४ कार्तिक २८ गतेबाट देश भरिका सबै शिक्षक–कर्मचारीको उपस्थिति तथा सहभागितामा हुने निर्णायक सडक आन्दोलनको कार्यक्रम यथावत् रहेको जनाएको छ । महासंघले आन्दोलनलाई सफल र परिणाममुखी बनाउन स्थानीय तह देखि केन्द्रसम्मका सबै साङ्गठनिक संरचना तथा आम शिक्षक–कर्मचारीलाई अपिल गरेको छ ।
आ।व।२०७८र०७९ को वजेट मार्फत् सिर्जित विभेद, विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तोकिएको तलब प्राप्ति विषयमा दबाब र पक्षीकरणको कार्य यथावत् चलिरहने जनाएको छ । त्यस्तै महासंघको अधिवेशनका कार्यक्रमलाई सक्रियताका साथ अघि बढाउन सबैलाई अनुरोध गरेको छ ।