Matra Education आइतबार, साउन १० २०८३

विद्यालयमा खुवाइने दिवा खाजाबारे नेपाल सरकारका उपसचिवको बुझाइ

विद्यालयमा खुवाइने दिवा खाजाबारे नेपाल सरकारका उपसचिवको बुझाइ

  • मात्र एजुकेशन
  • शनिबार, असोज ९ २०७८


गणतान्त्रिक संविधानको लोकतान्त्रिक उपहार विद्यालय दिवाखाजा:
गणतान्त्रिक मूल्य मान्यता अंगालेको नेपालको संविधानको मूल मर्म, नेपाल सरकारको जनमुखी तथा लोककल्याणकारी नीति र कार्यक्रमहरुलाई पछ्याउँदै केपी ओली सरकारले कुनै नेपालमा राम्रा कामहरु गरेको भएती मध्ये एक विद्यालय दिवा खाजा कार्यम्क्रम हो भन्न सकिन्छ । यो शिक्षा क्षेत्रको लागिमात्र गर्वको विषय होइन । कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, स्थानीय तहमा रोजगारी, सामाजिक विभेदमा रुपान्तरण पनि हो । सबैभन्दा ठूलो कुरा बालबालिकाको स्वास्थ्य पोषण तथा घरपरिवारमा सन्तुलित खानाको शिक्षा पद्धति मार्फत प्रचार प्रसारको एक महत्वपूर्ण थालनी हो । समाजमा हरेक उपलब्धी मूलक अभियानको मुख्य विषय दिवाखाजको सिकाइ स्थल सामुदायिक विद्यालयहरु बन्न पुग्न पनि हो । सामुदायिक विद्यालयमा अध्ययनरत (बालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि विद्यालय सञ्चालन भइरहेको अवस्थामा हरेक सामुदायिक विद्यालयमा दिवा खाजा व्यवस्थापन गरिनु हो । नेपाल सरकार प्रतिवद्ध भए बमोजिम शिक्षा बजेटमा दिवाखाजालाई अति उच्च प्राथमिकतामा राख्नु हो । फलत: २०७६/०७७ आर्थिक वर्षदेखि नेपाल सरकारले सामुदायिक विद्यालयमा पढ्ने सबै शिशु कक्षादेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई राज्यको नियमित बजेटबाट दिवाखाजा प्राप्तिको वैज्ञानिक पद्धति प्रारम्भ गरिनु हो । संविधानको मर्मको प्रभाव शिक्षामा देखिने गरी देशव्यापी दिवाखाजा अभियान थालिनु हो ।

दिवाखाजाको व्यवस्थापनमा राज्यको आर्थिक लगानी:
विद्यालय दिवाखाजा कार्यक्रमबाट मुलुकका ७७ जिल्लाका ७५३ स्थानीयतहका ६७४३ वडाका करीब ३० हजार हाराहारीका सामुदायिक विद्यालयमा अध्ययनरत ३१ लाख जति ससाना बालबालिकाहरु प्रत्यक्ष लाभान्वितहुने गरेकाछन् । विद्यालय दिवाखाजा कार्यक्रमलाई नेपाल सरकारले अति उच्च प्राथमिकतामा राखेर वर्षेनि अरबौँ रकमको व्यवस्था गरी स्थानीय तह मार्फत सबै सामुदायिक विद्यालयहरुमा बजेट निकासा गर्ने गरेको छ । नेपाल जस्तो मुलुकले वर्षेनि झण्डै ३० लाखभन्दा बढी बालबालिकाहरुलाई १८० दिनसम्म पोषण लागू भएका ६ जिल्ला बाहेकका ७१ जिल्लामा ९ साविकको कर्णाली अञ्चलका ५ जिल्लामा ० दैनिक २० र अन्य ६६ जिल्लामा दैनिक १५ रुपैयाँका दरले खाजाको व्यवस्था गरेको छ । वार्षिक ८ अरब, १७ करोड, ७९ लाख र ४९ हजार खर्च गरिरहेको अवस्था छ । यसरी हरेक वर्ष ३१ सौँ लाख विद्यार्थीहरुलाई दिवाखाजाको व्यवस्था एकसाथ गरेर सरकारले विश्व जगतमा नाम कमाएको र वाहीवाही पाएको यथार्थ छ ।

विद्यालय दिवाखाजाका शैक्षिक तथा सामाजिक प्रभावहरु:
दिवाखाजा कार्यक्रम बालबालिकाको घरायसी सामाजिक तथा आर्थिक सहयोगी मात्र नभई उनीहरुको संवेगाात्मक, शारीरिक तथा मानसिक तथा शैक्षिक प्रगति विकासको सूचकको पक्षमा सकारात्मक सघाउन पुराउनुमा विशेष केन्द्रित रहेको तथ्याड्ढहरुले देखाएका छन् । यो कार्यक्रमबाट मानवपूँजी निर्माणको जग हाल्ने तथा सांस्कृतिक, शैक्षिक सर्वपक्षीय दृष्टिकोणबाट नागरिक सक्षमता अभिवृद्धिमा टेवापुग्ने विगतका अभ्यासर अध्ययनहरुले पुष्टि गरिरहेका छन् । सामाजिक विभेद हटाउन तथा आमाबाबुहरुलाई बालबालिकाको पेट र भोकको चिन्ताबाट मुक्त गरी आआफ्नो काम, पेसामा लाग्नपनिधेरै मद्दत पुगेको छ । यसर्थ विद्यालयतहमा दिवाखाजा व्यवस्थापनको महत्व अति सर्वोपरि छ । खाजा कार्यक्रम समाज तथा घरपरिवारका लागि हरेक दृष्टिकोणले लाभकारी रहीआएको देखिन्छ । सर्व उपयोगी अवस्थाको प्राविधिक, प्राज्ञिक, कानूनी र व्यवहारलाई समेत संवेदनशीलता पूर्वक उच्चतहमा ग्रहण गरिएको छ । मुलुक व्यापी विद्यालय दिवाखाजा कार्यक्रम चानचुने विषय होइन । नेपाल सरकारले एक साथ मुलुकभर यो कार्यक्रमलागू गर्न सकेकोमा सरकारलाई धेरै धन्यवाद र जनताको पक्षमा राज्यको संवेदनशील निर्णय भनी स्वीकारेर प्रशंसा गर्नु उचित हुन्छ ।

विद्यालय दिवाखाजाका आर्थिक प्रभावहरु:
सबै सामुदायिक विद्यालयमा विद्यार्थीका लागि दिवाखाजा लागू गर्दा यो कार्यक्रम र अभियान सित विद्यालय शिक्षासित जोडिएका झण्डै सात लाख – शिक्षक, कर्मचारी, व्यवस्थापकहरु प्रत्यक्ष प्रभावित भएकाछन् । विद्यालय, विद्यार्थी र अभिभावकहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा दिवाखाजा काकार्यक्रमसित जोडिएका नै हुन्छन् । दिवाखाजाको व्यवस्थापन गर्दा ती सेवामा आवश्यक पर्ने सामग्री जोहो गर्नबाट लाभान्वित हुने वर्गहरुमा विद्यार्थीहरुका अतिरिक्त स्थानीय कृषक, पशुपालक, ससाना पेसा व्यवसायीहरु, बालबालिकाका घरका अभिभावकहरु तथा कुनै न कुनै रोजगारीको अवसर खोजिरहेका नागरिकहरु समेत संलग्न हुन पाउने अवस्थाले विद्यालय दिवाखाजा कार्यक्रमबाट प्रत्यक्ष अप्रत्यक्ष लाभान्वित र सरोकारित हुने समुदायको ठूलो स्पष्ट चित्र सबै समुदाय स्तरमा देखिँदै गएको पाइन्छ ।

विद्यालय दिवाखाजा कार्यक्रमले स्थानीयतहका सरकारहरुलाई राज्यले तोकेको पोषण खाद्य सामग्री उत्पादन अवस्था के छ रु आफूलाई चाहिने खाद्य सामग्री उत्पादन र स्थानीय विशेषताका खाद्य परिकार बनाएर कसरी खुवाउन सकिन्छ रु आफ्नो स्थानीय तहमा परनिर्भरता हटाउने प्रयासमा आधारभूत तहका विद्यालयदेखि नै व्यावसायिक खेती, पेसा प्रारम्भ गरेर कृषि उत्पादन, खाद्यपोषणका विषयमा संवेदनशीलता र आफ्नै उत्पादनको प्रयोगमा जोड गर्ने गरी योजना बनाउन बल पुराएको छ । जनताका जीवनसित प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्यका लागि कृषिउत्पादनको खाद्यपोषण सिकाइको अवसर पनि दिवाखाजा कार्यक्रमले स्थानीयतहका घरघरमा आयार्जनसित जोड्ने गरी बहसको मौका जुटाएको छ ।

विद्यालय दिवाखाजा व्यवस्थापनका चुनौतीहरु:
स्थानीय सरकार, विद्यालयहरु, विद्यालय व्यवस्थापक तथा शिक्षकहरु तपसिलका कुरामा स्पष्ट नभएमा र दिवाखाजालाई सामान्य कार्यक्रमका रुपमा मात्रलिने हलुका मानसिकता भएमा अवश्यक पनि धेरै चुनौती र सरकारको लक्ष्यमा बाधा आइपर्ने चुनौतीहरु स्पष्ट देखिने छन् । यसर्थ सबै सरोकारवालाहरु विशेष चनाखो र सचेत हुनु आवश्यक देखिएको छ । जस्तै दिवाखाजाको अर्थ स्थानीय उत्पादन र स्थानविशेषको उब्जाउको प्रयोग गरी व्यावहारिक गुणात्मक खाजाखुवाउन स्थानीयतह, विद्यालयहरुलाई जागरुक, संवेदनशील र जिम्मेवार बनाउनर अभिभावकको सहयोग र साथ प्राप्त गर्नु मुख्यकुरा हो । सरकारले उपलब्ध गराएको रु १५ र २० मात्रले कसरी गुणस्तरीय खाजाखुवाउन सम्भव छ रु समाधानको गम्भीर मार्ग अवलम्बन गर्नुभन्दा समस्या थप्ने अन्यौलता सिर्जना गर्ने चुनौती पनि देखिन्छ ।

सरल समाधानका लागि नगदखर्चिनु, नगदवितरण हुनु र बच्चाहरुले पोषण खाजानपाउने स्थितिले समस्याझन् बल्झिन्छ र दिवाखाजाको मूलउद्देश्य कुनै पनि अर्थमा हासिलहुन सक्दैन । यसर्थ विद्यालयमा अभिभावक, स्थानीयतह, प्रदेश तथा सामाजिक संघ, संस्थाहरुको साथलिएर आर्थिक स्रोत जुटाउने पहलहुनु अनिवार्य छ । उपलब्ध स्रोतको पारदर्शी र मितव्ययिता साथ परिचालन गरेर अस्वस्थ्यकर जंकफूडलाई पूर्ण रुपमा विद्यालयबाट हटाउन वास्तविक रुपमा पहल गरिन ताजा र स्थानीय उत्पादनको दिवाखाजा प्रबन्ध अनिवार्य हुनु पर्दछ । यो चुनौती सामनानगरी हाम्रा विद्यार्थीहरुले ताजा, स्वच्छ र पोषणयुक्त दैनिकतयार गरिएको सन्तुलित खाजा खान पाउने छैनन् ।

यसर्थ दिवाखाजाको आर्थिक स्रोत विद्यालयतहमा पुग्नु मात्रभोक र पेटको समाधान हुनु होइन । रकमको सही रुपमा उपयोग हुन आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म र सुरक्षाासाथ मुखदेखि पेटसम्म पोषिलो खाजाको व्यवस्थापन गर्न सक्ने योजना बन्नु र कार्यान्वय नहुनु हो । तसर्थ शिक्षा, स्वास्थ्य, कृषि, र सामाजिक क्षेत्रका अगुवाहरुको मुख्यचासोको विषय विद्यालय दिवाखाजा हो भन्ने स्पष्ट देखिन्छ । यी त्रिखुट्टीको सहकार्य, समन्वय र सहभागिता तथा आपसी सहयोग विना विद्यालय दिवाखाजा प्रभावकारी हुन कठिन हुन्छ । खाजामा लागतका दृष्टिकोणले ठूला आकारका विद्यालयमा तोकिएको मात्राको खाजा खुवाउन निर्धारित रकमले अभ्यासमा सक्दो रुपमा सहयोग नै पुगेको देखिन्छ भने साना आकारका १०, २० देखि ५० भन्दाकम विद्यार्थी हुने विद्यालयहरुमा अभिभावक, विद्यालाय आफैँ, स्थानीय सरकार,प्रदेश सरकार वा संघसंस्थाको आर्थिक साथ, सहयोग भएनभने संघीय सरकारको तर्फबाट उपलब्ध रकमले मात्र गुणात्मक खाजा व्यवस्थापन चुनौतीपूर्ण हुने निश्चित छ । यसमा सबैको ध्यानजानु पर्दछ ।

सार संक्षेप:
समग्रमा बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक सम्बन्ध विकासमा विद्यालय दिवाखाजाको महत्व स्थापित हुने गरी खाद्यप्रकार, परिकारका फाइदाहरुबारे सिकाइकापक्षमा समेत जोड पुग्ने गरी नेपाल सरकारले १० वर्गमा विभाजन गरी विद्यालय दिवाखाजा मेन तालिकाका ६० वटा नमूना बनाएको पाइन्छ । सबै विद्यालय तथा स्थानीयतहहरुले तीमध्ये उत्कृष्ट दिवाखाजाको नमूना अभ्यास गरी आआफ्ना स्थानीयतहमा उपलब्धहुन सक्ने खाद्यव्यवस्था गर्नु पर्दछ । मितव्ययिता साथ आफ्ना विद्यार्थीहरुको साथलिएर सिकाइका माध्यमबाट कक्षा, कक्षामा सबै बच्चाहरुलाई सन्तुलित खाजा खुवाएर स्वस्थ र स्वच्छ जीवनका नागरिक तयार पार्ने सक्ने विद्यालयको दायित्व हुन्छ । विद्यालयको माध्यमबाट समग्र पारिवारिक स्वस्थता र पोषणयुक्त सन्तुलित आहार विहारको सामाजिक हस्तान्तरण दायित्वपनि सरकारले विद्यालयहरुको काँधमा दिएको देखिन्छ ।

यसर्थ शिक्षा, स्वास्थ्य, खाद्यपोषण तथा कृषिको अन्तर सम्बन्ध बलियो बनाउन, सहकार्य, समन्वय र साझा सहमतिको नागरिक हितप्रवर्धन गर्ने सुनौलो अवसर नेपाल सरकारले मुलुकका ३० हजार बढी सामुदायिक विद्यालयहरुमा सुम्पेको छ । यस पुनितकार्यमा ७७ जिल्लाका ७५३ स्थानीयतहका ६७४३ वडासम्मको सहभागितामा सबै सामुदायिक विद्यालयतहमा दिवाखाजाको इमानदारिता साथ प्रयोग हुने र देशले ससानानानीहरुमा गरेको मानवपूँजीको नतिजा धेरै सकारात्मक हुने अपेक्षा साथ सबैको सहकार्य खोजेको छ । विशेष गरी यो अभियान विद्यार्थी, विद्यालय मार्फत देशका सबै घर घरसित जोडिएको छ, संवेदनशीलबनौँ र सन्तानलाई स्वस्थ बनाऔँ, राज्यको लोककल्याणकारी नीतिको फाइदा सचेत भएर लाभ उठाऔँ ।

(नेपाल सरकारका उपसचिव ईश्वरीप्रसाद पोखरेलले खबर एजुकेसनमा लेखेको लेखको केहि अंश जस्ताको त्यस्तै साभार गरेर प्रकाशित गरिएको)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड