Matra Education आइतबार, साउन १० २०८३

बोर्डद्वारा सूचना जारी: नटेरे सबै विषयको परीक्षा रद्द

बोर्डद्वारा सूचना जारी: नटेरे सबै विषयको परीक्षा रद्द

  • मात्र एजुकेशन
  • मंगलबार, असोज ५ २०७८


काठमाडौँ – कोरोना महामारीका कारण पटक पटक सरेकाले होम सेन्टरबाट सञ्चालन भइरहेको कक्षा १२ को परीक्षा मर्यादित र अनुशासित नदेखिएपछि राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरेको छ। परीक्षा हलमा नै मोबाइल लगेर उत्तरपुस्तिकाको फोटो खिचेर टिकटक बनाई सामाजिक सञ्जालमा राख्ने लगायतका गतिविधिप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले त्यस्ता विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गर्ने चेतावनी दिएको हो ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेबाट सञ्चालन गरिरहेको परीक्षा हाल भित्रका विभिन्न दृश्य भएका टिकटक सञ्जालमा भाइरल भएका थिए । परीक्षा हलमा मोबाइल लगायत अन्य इलेकट्रोनिक्स डिभाइस निषेध गरिएको जानकारी गराउँदै बोर्डले यस्ता कार्य गर्नु परीक्षाको मर्यादा विपरीत रहेको जनाएको हो ।

यस्ता क्रियाकलाप नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक तथा विद्यालयलाई अनुरोध गर्दै बोर्डले परीक्षालाई व्यवस्थित, मर्यादित एवम् विश्वसनीय बनाउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड