Matra Education आइतबार, साउन १० २०८३

परीक्षार्थीको प्रश्न: परीक्षा लिन सक्ने, रिजल्ट दिन नसक्ने?

परीक्षार्थीको प्रश्न: परीक्षा लिन सक्ने, रिजल्ट दिन नसक्ने?

  • मात्र एजुकेशन
  • सोमबार, असोज ४ २०७८


काठमाडौं: लोकसेवा आयोगका परीक्षार्थीहरुले आयोगको मुल गेट अघि धर्ना दिएका छन्। अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा सोमबार प्रदर्शन उत्रिएका हुन्।

लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएपनि अहिलेसम्म नतिजा प्रकाशन भएको छैन। ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो रु’ नतिजाको प्रतीक्षामा रहेकाहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने रु’ लगायत प्ले कार्डसहित धर्ना सुरु गरेका छन्।

२०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तर्वार्ताको अन्तिम नतिजा कुरिरहेका अधिकृतका प्रत्याशीहरू नतिजा नआउँदा अफ्ठेरोमा परेका छन्। २०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भई अन्तिम नतिजा प्रकाशन कुरेर बसिरहेको अवस्थामा अदालतको अन्तरिम आदेशपछि सबै प्रक्रिया रोकिएको थियो। उनीहरूले लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्नामा बस्ने भएका हुन्। आफ्ना माग पूरा नभए सम्म धर्नामा बस्ने बुझिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड