Matra Education आइतबार, साउन १० २०८३

आयोगले पायो रिक्त दरबन्दीको विवरण: कुन तहमा कति?

आयोगले पायो रिक्त दरबन्दीको विवरण: कुन तहमा कति?

  • मात्र एजुकेशन
  • सोमबार, असोज ४ २०७८


काठमाडौँ – पटक पटक रिक्त दरबन्दीको तथ्याङ्क नै नआएको र अन्य विविध कारणले विज्ञापन कहिले खुल्छ भन्ने यकिन गर्न नसकिने बताउँदै आएको शिक्षक सेवा आयोगले अन्ततः रिक्त दरबन्दीको तथ्याङ्क पाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत साता रिक्त शिक्षक दरबन्दीको विवरण शिक्षक सेवा आयोगलाई पठाएको छ । विवरण अनुसार आयोगले १७ हजारभन्दा बढी शिक्षक पदका लागि आवेदन माग गर्नु पर्ने भएको छ ।

केन्द्रका अनुसार १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएको छ । प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरिएको छ ।

यसैगरी केन्द्रले शिक्षक बढुवाका लागि पनि विवरण आयोगमा पठाएको छ । केन्द्रका अनुसार प्राथमिक तह पहिलो श्रेणीका लागि ४५२ पद र प्राथमिक तह द्वितीय श्रेणीका लागि एक हजार ६९३ पदमा बढुवा गरिनेछ ।

त्यस्तै निम्न माध्यमिक तह पहिलो श्रेणीमा ७८ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा ४७८ जनाको तथा माध्यमिक तह पहिलो श्रेणीमा १२४ र माध्यमिक तह द्वितीय श्रेणीमा ४८४ जना शिक्षकको बढुवा गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड