Matra Education आइतबार, साउन १० २०८३

२७ जिल्लासँग दरबन्दीको विवरण माग, धमाधम हुदैछ दरबन्दी मिलान

२७ जिल्लासँग दरबन्दीको विवरण माग, धमाधम हुदैछ दरबन्दी मिलान

  • मात्र एजुकेशन
  • शनिबार, असोज २ २०७८


काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने जनाएको छ ।

दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको भन्दै केन्द्रले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

दरबन्दी मिलानकै क्रममा केन्द्रले विभिन्न २७ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक दरबन्दी विवरण अद्यावधिक गराउन पत्राचार गरेको छ । केन्द्रका अनुसार ११ सय दरबन्दी एउटा जिल्लाबाट अर्को जिल्लामा स्थानान्तरण भइसकेका छन् ।

बाँकी पुल दरबन्दीमा रहेकाहरुलाई स्थानान्तरण गर्ने प्रयोजनको लागि केन्द्रले २७ जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए ।

केन्द्रले ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, चितवन, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची र डोल्पाको एकाइलाई दरबन्दी मिलानको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड