काठमाडौँ – अनलाइन खेलका लागि विश्वकै सबैभन्दा विशाल बजारका रूपमा लिइने चीनका प्राविधिकहरूले एउटा महत्वपुर्ण निर्णय गरेका छन् । । अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरो पन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि चीनले बालबालिकाको अनलाइन खेलको समयमा व्यापक कटौती गर्ने घोषणा गरेको । अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउनेछन् । यसलाई प्राविधिकको विवेकी कदमका रूपमा अथ्र्याइएको छ ।
१८ वर्षमुनिका अनलाइन खेलाडीहरूलाई शुक्रबार, शनिबार र आइतबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मात्र अनलाइन खेल्न अनुमति दिइने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । प्राबिधिकहरूले यसलाई खेलमा हुने अत्यधिक नशालाई रोक्ने कदमका रूपमा व्याख्या गरेका छन् । नावालिगहरूले आफ्नो उमेरबारे झूट नबोलेको सुनिश्चित गर्न अनलाइन खेल्न दर्ता गर्दा खेल खेल्नेहरूले आफ्नो आईडी कार्ड प्रयोग गर्नु आवश्यक हुनेछ ।
यद्यपि बालबालिकाको मनोरञ्जनका लागि विद्यालय बिदामा उनीहरूले केही बढी समय खेल्न पाउनेछन् अर्थात् दैनिक तोकिएको समयभन्दा ६० मिनेट बढी खेल्न सक्नेछन् ।
चिनियाँ नेसनल प्रेस एण्ड पब्लिकेशन एडमिनिस्ट्रेशनल भनेको छ, “अनलाइन खेल खेल्ने लतले अध्ययन र सामान्य जीवनमा असर गरेको छ । थुप्रै आमाबाबु दुःखी भएका पाइएकोले खेलको नियमलाई सुधार गरिएको छ ।” निर्णय अनुसार चीनले कम्पनीहरूलाई तोकिएको घण्टाबाहिर गेमिङ सेवा प्रदान गर्न निषेध गरेको छ तर नियम तोड्नेहरूलाई के सजाय दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन ।
सन् २०१९ को अन्तदेखि लगाइएको यस पहिलेको प्रतिबन्धले राती अबेर खेलहरू खेल्नमा प्रतिबन्ध लगाएको थियो र खेलाडीहरूलाई हरेक दिन ९० मिनेट र सप्ताहन्त र बिदाहरूमा तीन घण्टा मात्र खेल्नसक्ने गरी प्रतिबन्ध लगाएको थियो ।
हालैका महिनाहरूमा गर्दा चिनियाँ युवाहरूमाझ संस्कृतिप्रतिको रूचिमा वृद्धि गर्ने, आँखाको दृष्टि खराब हुँदै जान रोक्ने र अनलाइन खेलमा लाग्ने लतलाई कम गर्न लक्षित कार्यक्रमहरू ल्याइएको छ ।
चीन अडियो–भिडियो र डिजिटल प्रकाशन संघका अनुसार यस वर्षको पहिलो छ महिनामा १३० अर्ब युआन (करिब २० अर्ब अमेरिकी डलर) राजस्व कमाएको थियो ।