काठमाडौँ- “द रोमन म्यागासासे अवार्ड २००७” विजेता महावीर पुनले आफ्नो जीवनको बारेमा विशेष खुलासा गरेका छन्। शनिवार मात्र एजुकेसन सँगको कुराकानीमा पुनले उनको जीवनको नदेखिएको पाटोको उजागर गरेका हुन्।
कुराकानीका क्रममा पुनले आफू लामो समय शिक्षण पेसामा संलग्न रहेको र आफ्नो आत्मसम्मान बचाउनका लागि जागिर छोडेको बताएका छन्। आफू कार्यरत विद्यालयमा तत्कालीन सि।डि।यो ले अनावश्यक हस्तक्षेप गरेपछि उनले जागिर छोड्नुपरेको थियो। यही कारण उनी करिब १ हप्ता थुनामा पनि बस्नुपरेको थियो। त्यो दिन के भएको थियो पुरा थाहा पाउनका लागि भने तपाइले भिडियो हेर्नुपर्छ।
आफ्नो विद्यार्थी जीवनलाई ३ चरणमा विभाजन गरेर चर्चा गरेका उनले आफूलाई अमेरिकी विश्वविद्यालयको पाको विद्यार्थीको रूपमा चित्रण गरे। इन्जिनियरिङ पढ्ने सपना बोकेर काठमाडौँ छिरेका उनको सपना बिचमै टुक्रिएको थियो। त्यसबाहेक अमेरिका गइसकेपछि पनि उनलाई अङ्ग्रेजी भाषाको समस्याले नराम्ररी पिरोलेको थियो।
कुराकानीका क्रममा उनले कसरी म्याग्दीको टेलिफोन टावर समेत नपुगेको गाउँमा इन्टरनेट पुर्याउन सफल भए भन्ने चर्चा गर्दै एउटा इमेल गर्न गुल्मीबाट काठमाडौँ आउनुपर्दाको पिडा पोखेका छन्। साथै उनले नेपाली शिक्षा क्षेत्रको वर्तमान समस्या र भविष्यको पनि चर्चा गरेका छन्।
सानो सानो सपनामा दृढ भएर लाग्दा सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका पुन को जीवन साँच्चै उत्प्रेरणादायी छ। तपाई तलको भिडियो हेरेर उनको जीवनका विविध आयामहरू बारे जानकारी लिन सक्नुहुन्छ।