Matra Education आइतबार, साउन १० २०८३

शिक्षक लाइसेन्सको परीक्षा हुने समय तोकियो, विज्ञापन चाहिँ  कहिले खुल्छ ?

शिक्षक लाइसेन्सको परीक्षा हुने समय तोकियो, विज्ञापन चाहिँ  कहिले खुल्छ ?

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र १० २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा मङ्सिरमा खोल्ने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि छिटो गर्ने तयारी गरेको भए पनि वार्षिक कार्यक्रमको कार्यतालिका अनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र परीक्षा लिन लागेको हो।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मङ्सिर अघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना नरहेको बताए। उनका अनुसार अहिले आयोगले कार्यतालिका निर्माण गरिरहेकोले  लाइसेन्स परीक्षा तत्काल सञ्चालन हुने सम्भावना छैन।

आयोगको कार्यतालिकाको आधारमा रोकिएका काम अगाडि बढ्ने उनको भनाइ छ। आयोगले शिक्षक बढुवा, खुलातर्फको विज्ञापन गर्न नियमावलीमा संशोधन गरेपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड